IME Life New

साधारण शेयरको निष्कासन प्रक्रिया खुल्यो, सेबोनले दियो यो कम्पनीलाई हकप्रद ल्याउन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो समयदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट साधारण शेयरको निष्कासन प्रक्रिया खुलेको छ। करिब ६ महिनापछि धितोपत्र बोर्डले साधारण शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको हो।

धितोपत्र बोर्डले आज असार ७ गते हिमालयन ऊर्जा विकास कम्पनीलाई हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ। धितोपत्र बोर्डको अनुमति पाएसँगै अब हिमालयन ऊर्जा हकप्रद आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गर्नेछ।

Esewa
Crest

हिमालयन ऊर्जाले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले ९९ करोड रुपैयाँबराबरको हकप्रद शेयर बिक्रीमा ल्याउनेछ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ९९ लाख कित्ता हकप्रद बिक्री गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।

हिमालयन ऊर्जाको हकप्रद शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

धितोपत्र बोर्डको अध्यक्षबाट रमेशकुमार बाहिरिएपछि साधारण शेयर (आइपीओ, एफपीओ, हकप्रद)को निष्कासन अनुमति रोकिएको थियो। हाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रोकिएको छ। सिफारिस समितिले अध्यक्षका लागि आवेदन दिएकामध्ये ५ जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्तामा बोलाएको थियो। तर, ती ५ उम्मेदवारमध्ये २ जनामात्रै अन्तर्वार्तामा सहभागी भए भने ३ जनाले बहिष्कार गरेका छन्। सोही कारण अध्यक्ष नियुक्ति प्रक्रिया अलमलमा परेको छ।

धितोपत्र बोर्डको सञ्चालक समितिका सदस्य सुरकृष्ण बैद्यले गत आइतबार बसेको बोर्ड बैठकले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार रानालाई कैफियत नदेखिएका आइपीओ, एफपीओ र हकप्रद शेयरलाई निष्कासन अनुमति दिन अख्तियारी प्रदान गरेको बताए। ‘तर, नयाँ अध्यक्षको अन्तर्वार्ता असार २ गते तोकिएपछि उहाँले अनुमति दिन पर्खिनुभएको थियो’, इन्स्योरेन्स खबरसँग बैद्यले भने, ‘तर, अन्तर्वार्ताको प्रक्रिया अलमलमा परेपछि उहाँले साधारण शेयरलाई निष्कासन अनुमति दिन थाल्नुभएको हो।’

अब धितोपत्र बोर्डबाट कम्पनीको फाइल अध्ययन गरेर कैफियत नदेखिएका कम्पनीहरुलाई साधारण शेयरको निष्कासन अनुमति दिने प्रक्रिया खुलेको पनि बैद्यले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

25%
sad

दु :खी

13%
amazed

अचम्मित

13%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS