IME Life New

प्रभु बैंकका ग्राहकले बन्दिपुरका बिभिन्न ९ होटल तथा रेष्टुरेण्टमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले बन्दिपुरका बिभिन्न ९ होटल तथा रेष्टुरेण्टमा छुट सम्बन्धी सम्झौता गरेको छ । पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरमा अवस्थित बन्दिपुर ईको होटल, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तिनधारा, वल्र्ड हाउस क्याफे एण्ड लज बिचमा प्रभु बैंक लिमिटेडद्घारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतामा बन्दिपुर ईको होटलको तर्फबाट निर्देशक सूर्य प्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्टका प्रोपाइटर संगिता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीर कुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटल प्रा.लि.का निर्देशक बिश्व प्रकाश सुल्पे, हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लजका प्रोपाइटर रबी शान्ति पिया, होटल तिनधाराका प्रोपाइटर सुमन सन श्रेष्ठ, वल्ड हाउस क्याफे एण्ड लजका प्रोपाइटर नन्दा पिया र प्रभु बैंक लिमिटेडका तर्फबाट डुम्रे शाखाको शाखा ईन्चार्ज बिटु माया बस्नेतले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार प्रभु बैंकका ग्राहकबर्गहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारी का परिवारजनले माथि उल्लेखित सम्झौतामा भएका होटल तथा रेष्टुरेण्ट मा उपलब्ध सेवा हरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल लगायतका सेवा हरुमा ५∞ देखि २०∞ छुट प्राप्त गर्न सक्नेछन । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहक हरुले आफ्नो बैंक सँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS