IME Life New

बीमा प्राधिकरणको सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशनमा संशोधन, केही व्यवस्था थपिए, केही परिमार्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८१ मा पहिलो संशोधन गरेको छ। प्राधिकरणले मूल निर्देशनमा केही संशोधन र थप व्यस्था गरेको हो।

संशोधित व्यवस्थाअनुसार अब बीमा कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र आवश्यक सम्पूर्ण विवरण नेपाल बीमा प्राधिकरणमा पेस गर्नुपर्ने भएको छ। यो व्यवस्था थप गरेको हो। योसँगै अब बीमकले यो निर्देशनबमोजिम सम्पादन गरेका कार्यहरुको बीमा ऐनको दफा ४४ज बमोजिम प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको मितिले २ महिनाभित्र उक्त दफाको खण्डहरुमा उल्लेखित विषयहरुको विवरणहरु प्राधिकरणमा पेस गर्नुपर्नेछ।

Esewa
Crest

प्राधिकरणले मूल निर्देशनको दफा २० मा संशोधन गर्दै उपदफा (१) पछि उपदफा (२) थप गरेको हो। यसअघिको निर्देशनमा उपदफा (२) थिएन।

यसैगरी प्राधिकरणले मूल निर्देशनको दफा २१ मा संशोधन गर्दै उपदाफा (१) पछि उपदफा (२) थप गरेको छ। उपदफा (२) मा बीमकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी नियन्त्रण सम्बन्धमा कानुनबमोजिम भए गरेको काम कारबाहीको आन्तरिक लेखापरीक्षणलगायतका संपरीक्षण गर्नु व्यवस्था गर्नुपर्ने व्यवस्था थप गरिएको छ।

त्यस्तै मूल निर्देशनको दफा २९ को उपदफा (३) मा संशोधन गरेको छ। जसअनुसा (३) उपदफा (२) बमोजिम सोधिएको स्पष्टीकरणको जबाफ नदिएमा वा त्यस्तो जबाफ चित्तबुझ्दो नभएमा वा ऐन, नियमावली तथा यस निर्देशनको पालना नगरेमा, गाम्भीर्यता र सोबाट पर्न सक्ने प्रणालीगत प्रभावको आधारमा ऐनको दफा ७फ बमोजिम प्राधिकरणले कारबाहीको व्यवस्था गरेको छ।

nia directive

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS