IME Life New

सम्पत्ति बेचेर ६० हजार करोड जुटाउने प्रयासमा एलआईसी भारत ! के हो योजना ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसीले विभिन्न सहरमा रहेका आफ्ना सम्पत्ति बेचेर ५० देखि ६० हजार करोड रुपैयाँ उठाउने तयारी गरिरहेको छ।

मिन्टको रिपोर्टअनुसार एलआईसीले छिट्टै भारतका धेरै सहरमा आफ्ना प्लट र व्यावसायिक भवन बेच्न सक्छ। ‘यसको सुरुआत मुम्बईबाट हुन सक्छ’, रिपोर्टमा भनिएको छ।

Esewa
Crest

डिफेन्स र रेलवेपछि एलआईसीसँग भारतमा सबैभन्दा धेरै जमिन रहेको छ। एलआईसीसँग भारतका मुख्य स्थानहरुमा प्लट र व्यावसायिक भवन छन्। यसमा दिल्लीको कनट प्लेसमा जीवन भारती भवन, चित्तरञ्जन एभिन्यू, कोलकाताको एलआईसी भवन र मुम्बईका भवनहरु पर्छन्।

उत्तराखण्डको प्रसिद्ध हिल स्टेसन मसुरीको मल्ल रोडमा रहेको एसबीआई भवन पनि एलआईसीकै हो। एलआईसी भारतको सबैभन्दा ठूलो संस्थागत लगानीकर्ता पनि हो। यसको सम्पत्ति भारु ५१ खर्बभन्दा बढी रहेको छ।

एलआईसीले विभिन्न योजनामा काम गरिरहेको छ। कम्पनीभित्र धेरै विकल्प छलफल पनि भइरहेको छ। सम्पत्ति बिक्रीको औपचारिक प्रक्रियाका लागि एलआईसीका भवनहरुको नयाँ मूल्यांकन गर्ने काम भइरहेको छ। पछिल्लो मूल्यांकनअनुसार एलआईसीको घरजग्गा सम्पत्ति भारु ५० हजारदेखि ६० हजार करोड रुपैयाँको थियो। तर वास्तविक मूल्य यस लगभग पाँचगुणा हुन सक्ने अनुमान गरिएको छ।

एलआईसीको घरजग्गा बेच्ने प्रयास भएको यो पहिलोपटक भने होइन। यसअघि पनि यस्तो प्रयास भएको थियो तर कानुनी विवादका कारण यो योजना अघि बढ्न सकेको थिएन। धेरै एलआईसी भवनहरु कानुनी समस्यामा फसेका मिन्टको रिपोर्टमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS