IME Life New

सेबोन अध्यक्षका ३ उम्मेदवारद्वारा अन्तर्वार्ता बहिष्कार, नियुक्ति प्रक्रिया अब के होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि सर्टलिस्टमा परेका ३ जना उम्मेदवारले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता बहिष्कार गरेका छन्।

सर्टलिस्टमा परेका ५ उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि आज बिहान ९ बजेदेखि राष्ट्रिय योजना आयोगको सभाहलमा हुने भनिएको थियो। दिउँसो १ बजेसम्म चल्ने भनिएको अन्तर्वार्ता सर्टलिस्टमा परेका धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं बहिष्कार गरेका हुन्। यी तीनैजना उम्मेदवार माओवादी केन्द्रनिकट मानिन्छन्।

Esewa
Crest

कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा धितोपत्र बोर्डकै अर्का कार्यकारी निर्देशक डा मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ सहभागी भएका छन्। उनीहरुले अन्तर्वार्ता दिएर फर्किसकेको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिका एक सदस्यले जानकारी दिए। ‘बाँकी ३ जना आउनु भएन, के कारण नआउनुभएको हो भन्ने विषयबारे पनि जानकारी छैन’, ती सदस्यले भने।

धितोपत्र बोर्ड स्रोतका अनुसार डा अधिकारी बिरामी परेको खबर आएको छ। ‘उहाँकी श्रीमतीले बिहान फोन गरेर डा अधिकारी बिरामी परेको र अस्पताल लगिएको जानकारी दिनुभएको थियो तर कुन अस्पताल लगिएको भन्नेबारे केही बताउनु भएन’, स्रोतले भने।

उता नेप्सेका सीईओ कार्की उपत्यका बाहिर छन्। ‘उहाँ नेप्सेकै कार्यक्रममा सहभागी हुन काठमाडौं बाहिर जानु भएको छ, अझै फर्किन २–३ दिन लाग्न सक्छ’, नेप्से स्रोतले भन्यो।

कार्कीले बाहिर जानुअघि नै आफू अन्तर्वार्तामा सहभागी नहुने बताएका थिए। ‘सायद आफू नहुने पक्कापक्की भएकै कारण अन्तर्वार्तामा नजाने निर्णय गर्नुभएको थियो’, स्रोतले भन्यो।

अहिले अन्तवार्तामा नगएका तीनैजना उम्मेदवारको मोबाइल फोन स्विचअफ छ।

स्रोतका अनुसार आफूहरुलाई फालेर मुक्तिनाथ श्रेष्ठ वा सन्तोषनारायण श्रेष्ठमध्ये एकजनालाई अध्यक्ष बनाउने कोसिस भइरहेको ठानेर उम्मेदवारत्रय जानी–जानी अन्तर्वार्तामा नगएका हुन्। ‘नेकपा एमालेबाट सन्तोषनारयणलाई अध्यक्ष बनाउन सरकारलाई ठूलै दबाब परेको खबरहरु पनि आइरहेका छन्’, स्रोतले भन्यो, ‘त्यही भएर माओवादी केन्द्र पार्टीबाट ती तीनजना उम्मेदवार अन्तर्वार्तामा सहभागी नहुन निर्देशन आएको हुन सक्छ।’

अध्यक्ष छनौट कार्यविधिमा भएको व्यवस्थाबमोजिम समितिले ३ जना उम्मेदवार छनौट गरी सिफारिस गर्नुपर्ने हुन्छ। ‘तर अन्तवार्तामा सहभागी हुन नआउनु भएकाहरुले धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रियालाई प्रभावित पार्ने उद्देश्य देखियो’, स्रोतले भन्यो, ‘तर, प्रक्रिया रोकिँदैन। अन्तर्वार्तामा सहभागी भएका २ जनाको नाम समितिले सिफारिस गर्न सक्छ। तिनै २ जनाबाट एकजनालाई अब मन्त्रिपरिषद्ले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्छ।’

सिफारिस समितिले आवेदन दिएका १९ जनामध्ये ५ जनाको नाम गत चैत २५ गते सर्टलिस्ट गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS