IME Life New

बीमाको जोखिम मूल्याङ्कनमा आंकलन गरिने नैतिक जोखिम के हो ? किन जरूरी छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन वा निर्जीवन बीमा कम्पनीले बीमाको प्रस्ताव स्वीकार गर्दा बीमाका लागि प्रस्तावित विषय वस्तु र बीमित वा प्रस्तावबीचको सम्बन्धलाई विभिन्न कोणबाट आर्थिक प्राविधिक विश्लेषण गरेको हुन्छ ।

जोखिम मूल्याङ्कनको विभिन्न आधारमध्ये नैतिक जोखिम पनि एउटा महत्वपूर्ण पक्ष हो । कुनै एउटा बीमित वा प्रस्तावकसँग सरोकार नै नभएको जोखिमलाई बीमकले स्वीकारेको अवस्थामा बाँकी बीमित प्रति अन्याय हुनजान्छ किनकी त्यो जोखिमको प्रत्यक्ष अप्रत्यक्ष भार बाँकी सबै बीमित वा प्रस्तावकमाथि बाँडिन्छ । जोखिमको सामूहिक वहन नै बीमाको आधार हो । त्यसैले एउटा कुनै बीमामा कसैले अनुचित लाभ लियो भने त्यसको आर्थिक भार बाँकी सबै बीमितमाथि पर्न जान्छ ।

Esewa
Crest

नैतिक जोखिमलाई बीमकले नजरअन्दाज गरेको अवस्थामा बीमितले वा प्रस्तावकले अनावश्यक जोखिम मोल्न तयार हुन्छ । यस्तो अवस्था भनेको जोखिम मोले पनि बीमितलाई प्रत्यक्ष अप्रत्यक्षरूपमा कुनै नोक्सानी नहुने तर दुर्घटना भई हालेको अवस्थामा बीमा क्षतिपूर्तीवापत अनुचित लाभ चाहिँ प्राप्त हुन्छ ।

उदाहरणका लागि दुर्घटनाको मूल्य आफैंले बेहोर्नु पर्ने चालकले पूर्ण सावधानीपूर्वक सवारी हाँक्छन् । तर सबै सवारीसाधनको बीमा र अनिवार्य तेश्रो पक्ष बीमा गरिने भएकाले जोखिम जति बीमा कम्पनीले व्यहोर्छ भन्दै लापरवाहीपूर्वक सवारी चलाउन उक्साउन पनि सक्छ ।

यसैगरी कुनै व्यक्तिले आफ्नो भतिज भतिजी,सालासाली, भान्जाभान्जी, जेठान जेठानीको जीवन बीमा गरिदिन खोज्यो भने यहाँ बीमायोग्य हित र नैतिक जोखिम दुबै उच्च हुन्छ । किनकी आफ्नो परिवार बाहिरका नातेदारहरूको निधनबाट प्रस्तावकलाई कुनै प्रत्यक्ष नोक्सानीको जोखिम हुँदैन, तर उनीहरूको निधनबाट लाभ प्राप्त गर्ने संभावना उच्च रहन्छ ।

ऋण तिर्न सक्ने क्षमता नभएको कुनै ग्राहकलाई हायरपर्चेज कर्जा वा घर कर्जामा कुनै दलाल कम्पनीले लगानी गरिदिन्छ । लगानी गरेको केही समयपछि ऋण असुलीवापतको लाभ समेत प्राप्त हुने गरी दलाल कम्पनीले तेश्रो पक्षलाई जोखिम हस्तान्तरण गरिदिन्छ। अब ऋण तिर्न सक्ने क्षमता नै नभएको ऋणीलाई ऋण लगानी गरेको दलाल कम्पनी निश्चित लाभ सहित जोखिमबाट बाहिरियो र तेश्रो पक्षलाई फँसाइ दियो ।

बीमाले धेरै माध्यमबाट नैतिक जोखिम निम्त्याउन सक्छ। तपाईंले सधैं आफ्नो गाडीलाई सावधानीपूर्वक लक गर्नुपर्छ, तर यदि तपाईंसँग बीमा छ भने, तपाईंलाई थाहा छ कि यसको जोखिम बीमा कम्पनीले बोकेको छ, त्यसैले तपाईंले लक लागे नलागेको वास्ता गर्नुहुन्न, लापरवाही गरिदिनुहुन्छ ।

निर्जीवन बीमा कम्पनीले बीमाशुल्क गणना गर्दा बीमित स्वयमले नै व्यहोर्नुपर्ने क्षतिको सीमालाई रकममा निर्धारण गरेको हुन्छ। उदाहरणका लागि तपाईले मोटर बीमा गर्दा स्वेच्छिक अधिक अर्थात् बीमित स्वयमले व्यहोर्ने रकमको सीमा रू। ५ हजार कायम गरेर बीमा गराउनुभयो । दुर्घटनाका कारण मोटरमा कुनै प्रकारको क्षति भएको अवस्थामा रू। ५ हजारसम्मको खर्च तपाईंले नै व्यहोर्नुपर्छ, दाबी रकममा बीमा कम्पनीले यो रकम कटौती गरेर बाँकीको आधारमा मात्र तपाईलाई दाबी भुक्तानी गर्छ । नैतिक जोखिम नियन्त्रणको उपायमध्ये स्वेच्छिक अधिक पनि एउटा उपाय हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS