काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ को विन्दुमा झरेको हो।
घटेको बजारमा आज ९४ कम्पनीको शेयरभाउ बढेको छ भने १४७ कम्पनीको घटेको छ। आज ५ कम्पनीको भाउ स्थिर रहेको छ।
कारोबार रकम भने दैनिकजसो बढिरहेको छ। हिजोको तुलनामा आज कारोबार बढेर ६ अर्ब ४४ करोड ३० लाख रुयैयाँ बढीको कारोबार भएको छ। सार्वधिक कारोबार नेपाल फाइनान्सको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- नेपाल फाइनान्सः २८ करोड ४७ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ५७ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः १७ करोड ५६ लाख रुपैयाँ
- साधना लघुवित्तः १२ करोड ९९ लाख रुपैयाँ
- सीईडीबी हाइड्रोपावरः १२ करोड ९१ लाख रुपैयाँ
- बरुण हाइड्रोपावरः १२ करोड रुपैयाँ
- माउन्टेन इनर्जीः १० करोड १३ लाख रुपैयाँ
- गुडविल फाइनान्सः १० करोड १२ लाख रुपैयाँ
- प्रोग्रेसिभ फाइनान्सः ९ करोड ६९ लाख रुपैयाँ
- हिमालयन बैंकको संस्थापक शेयरः ९ करोड ३७ लाख रुपैयाँ