काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो सामान्य बढेको शेयर बजार नेप्से परिसूचक आज ९ दशलमव ३२ अंकले घटेर २,११२ को विन्दुमा कायम भएको हो । आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३१३ कम्पनीको १ करोड ४२ लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४३ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको १७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै समृद्धि फाइनान्स र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्टका लगानीकर्ताले ९ दशलमव ८२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै डिम सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।