IME Life New

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब २८ वटा जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य रुपमा राष्ट्रिय परिचपत्र लिएको हुनुपर्ने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका २८ वटा जिल्लाको सूची सार्वजनिक गरेको हो।

जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार पहिलो चरणमा समाजिक सुरक्षा भत्ता प्राप्त गर्न ती जिल्लाका सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो। विभागका ती जिल्लामा विवरण दर्ताका लागि जनशक्तिसमेत थप गरी स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासनले कार्यालयले पालिका तथा वडास्तरमा अभियान सञ्चालनमार्फत विवरण दर्ता गर्ने कार्यसमेत भइरहेको सूचनामा उल्लेख छ।

Esewa
Crest

बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने विभागले स्पष्ट पारेका छन्।

यी हुन सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका जिल्लाहरु

  • झापा
  • मोरङ
  • सुनसरी
  • उदयपुर
  • सप्तरी
  • सिरहा
  • धनुषा
  • महोत्तरी
  • बारा
  • पर्सा
  • रौतहट
  • सर्लाही
  • काठमाडौं
  • भक्तपुर
  • ललितपुर
  • सिन्धुली
  • मकवानपुर
  • चितवन
  • कास्की
  • तनहुँ
  • रुपन्देही
  • कपिलवस्तु
  • दाङ
  • बाँके
  • बर्दिया
  • सुर्खेत
  • कैलाली
  • कञ्चनपुर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS