काठमाडौं । जेठ ३० गते बुधबार नेप्से परिसूचक २१२१.६२ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ६.३७ अंकले बढेको छ।
५ अर्ब ८९ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ८३ करोड ४१ लाखको कारोबार भएको छ जसमा ३५ करोड ९९ लाखको खरीद छ भने ४७ करोड ४२ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट २६ करोड ८० लाखको खरीद छ भने ३२ करोड ४५ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ले विक्री धेरै गरेका छन्।