काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेो छ । बैंकले ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणका लागि विक्रीमा राखेको हो । यसअघि बैंकले ३५ दिने सूचना जारी गर्दै बैंकका संस्थापक शेयरधनीले मात्रै शेयर खरिद गर्न पाउने गरी बिमल तिमल्सिनाको नाममा रहेको ५ हजार ५३२ कित्ता, भुपाल दाहालको नाममा रहेको ६२ हजार १५२ कित्ता, सुदन पूसाद अधिकारीको नाममा रहेको ५ हजार ४८९ कित्ता, गोपाल श्रेष्ठको नाममा रहेको ६ हजार ९ सय कित्ता र नवल किशोर राज भण्डारीको नाममा रहेको ८४ हजार ४६६ कित्ता शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाहरूले खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन भनेको छ ।