IME Life New

नेपालमा मन्दीले बीमा व्यापार खुम्चिंरहँदा भारतमा जीवन बीमा व्यवसायमा १५.१५ प्रतिशतको वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा कम्पनीले बीमाशुल्क आम्दानीमा गत वर्षको मे महिनाको तुलनामा २०२४ को मे महिनामा नयाँ व्यवसाय बीमाशुल्क सङ्कलन १५.१५ प्रतिशतले बढेको छ । भारतीय जीवन बीमा परिषदका अनुसार व्यक्तिगत र संस्थागत उपभोक्ता दुवैबाट जीवन बीमाको मागमा वृद्धिले बीमाशुल्क आम्दानी बढेको हो ।

परिषदका अनुसार सोही अवधिमा नयाँ बीमालेख बिक्री संख्या १२.४५ प्रतिशतले वृद्धि भएको छ। बीमालेख संख्या बिक्रीमा वृद्धिले संख्यात्मकरूपमा पनि माग बढेको संकेत गरेको छ ।

Esewa
Crest

नयाँ व्यापार बीमाशुल्क मे २०२३ मा भारू २३ हजार ४४८  करोडबाट मे २०२४ मा भारू २७ हजार ३५ करोडमा पुगेको हो । चालू आर्थिक वर्षमा मे महिनाको बीमाशुल्क सङ्कलन यस वर्ष भारू ३५ हजार ४३ करोडबाट भारू ४७ हजार २९३ करोडमा पुगेको छ। व्यक्तिगत बीमितबाट बीमाका लागि बलियो मागका कारण नयाँ बीमालेख बिक्री बढेर गत वर्षको समिक्षा अवधिभित्र १६ लाख ६१ हजार ३२४ बीमालेखबाट १८ लाख ६८ हजार ९६ नयाँ बीमालेख बिक्री भएका छन्।

यो बलियो कार्यसम्पादनलाई जीवन बीमकले पहिलो पटक बीमा खरिद गर्ने उपभोक्तालाई उपयुक्त जीवन बीमा समाधान खरीद गर्न प्रोत्साहित गर्म ध्यान केन्द्रित गरिरहेको तथ्यलाई मान्न सकिन्छ, जसले सन् २०२४ को मे महिनाको संयुक्त व्यक्तिगत बीमाशुल्क सङ्कलनमा १८.५८ प्रतिशतको वृद्धिमा योगदान पुर्‍याएको छ।

सरकारी स्वामित्वको भारतीय जीवन बीमा निगम एलआइसीले, बलियो कार्यसम्पादन र लचिलोपन देखाउँदै सबै व्यवसाय खण्डमा वृद्धि हासिल गरेको छ। मे २०२४ को कुल बीमाशुल्क भारू १६ हजार ६९० करोड थियो, जुन मे २०२३ मा सङ्कलन गरेको भारू १४ हजार ०५६ करोडको तुलनामा १८.७४ प्रतिशतले बढेको थियो। यसैगरी मे २०२४ मा व्यक्तिगत बीमाशुल्क आम्दानी भारू ४ हजार ५८ करोड थियो, जुन मे २०२३ मा भारू ३ हजार ६०७ करोड थियो। समूहगत बीमाशुल्क आमदनी अघिल्लो वर्षको सोही महिनामा भारू १० हजार ४३१ करोड रुपैयाँबाट बढेर भारू १२ हजार ५६९ करोड पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS