IME Life New

बेष्ट फाइनान्सको साढे ३ लाख कित्ता शेयर बिक्रीमा राखिँदै, सस्तैमा उठाउने मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको साढे ३ लाख बढी कित्ता शेयर आउँदो असार ४ गतेबाट बिक्रीमा राखिने भएको छ। कम्पनीको अवितरित ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको छ।

बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। धितोपत्र दोस्रो बजारमा बेष्ट फाइनान्सको संस्थापक शेयर प्रतिकित्ता १८८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

Esewa
Crest

यो शेयरमा इच्छुक व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र बेष्ट फाइनान्सको काठमाडौं कमलादीस्थित केन्द्रीय कार्यालयका साथै शाखाहरु बुटवलको मिलनचोक र अमरपथ, नेपालगन्ज, घोराही, इटहरी, नारायणगढ, वीरगन्ज र न्युरोड तथा ग्लोबल आइएमई क्यापिटलका शाखाहरु वीरेन्द्रनगर र धनगढीमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असार ११ गतेसम्म तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS