काठमाडौं । जेठ २७ गते आइतबार नेप्से परिसूचक २०७३.१९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ४.५९ अंकले घटेको छ।
५ अर्ब १८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ६६ करोड ५६ लाखको कारोबार भएको छ जसमा ३३ करोड २५ लाखको खरीद छ भने ३३ करोड ३१ लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट २० करोड ७७ लाखको खरीद छ भने २२ करोड ६७ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये सबैले विक्री धेरै गरेका छन्।