IME Life New

धितोपत्र बोर्ड ३२ औँ वर्षमा प्रवेश, यस्ता छन् आगामी लक्ष्य र प्राथमिकता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड आज जेठ २५ गतेबाट ३१ वर्ष पूरा गरी ३२ औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा धितोपत्र बोर्डले आगामी लक्ष्य र प्राथमिकता सार्वजनिक गरेको छ।

धितोपत्र बजार र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै विश्वसनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउन निरन्तर रुपमा कार्य गरिरहेको धितोपत्र बोर्डले जनाएको छ। समग्रमा बजारको विकास तथा विस्तार गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सवलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने प्राथमिकता रहेको धितोपत्र बोर्डले जनाएको छ।

Esewa
Crest

यस्ता छन् धितोपत्र बोर्डका लक्ष्य र प्राथमिकता

  • धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरी आईओएससीओको मापदण्ड अनुरूपको बनाउँदै लैजाने,
  • लगानीकर्ताहरुको हक हित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुनविपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई कारवाही गर्ने,
  • बोर्डबाट सम्पादन गरिने कार्यहरुलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विद्यमान जनशक्तिको क्षमता विकासका लागि आवश्यक उच्चस्तरीय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गर्ने,
  • धितोपत्र कारोबारको सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउने अटोमेटेड मार्केट सर्भिलेन्स सिस्टम (एएमएसएस) को विकास गर्ने,
  • सार्वजनिक निष्काशनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागू गरी व्यवसायिक रुपमा सफल तथा स्थापित वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउने तथा बुक बिल्डिङ प्रणालीलाई थप विश्वसनीय एवं पारदर्शी बनाउने,
  • साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने,
  • वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउने । साथै वस्तु विनिमय बजारलाई नेपालको कृषि उत्पादनसँग जोडने नीति लिने, बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने,
  • बजार सहभागीहरुको व्यावसायिकता तथा कार्य क्षेत्र एवं स्तर अभिवृद्धि गर्ने,
  • प्रदेशस्तरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्दै जाने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS