IME Life New

धितोपत्र बोर्डको वार्षिकोत्सवमा सबैको एउटै स्वरः ‘सेबोनको आफ्नै भवन कहिले ?’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) आज जेठ २५ गते स्थापनाको ३१ औँ वर्ष पूरा गरी ३२ औँ वर्षमा प्रवेश गरेको छ। शेयर बजार नियामक सेबोनको स्थापनाको ३ दशक बढी बितिसक्दा पनि भाडाको घरमा सञ्चालन भइरहेको छ। यसको अर्थ सेबोनको आफ्नै भवन छैन।

त्यसो त सेबोनले आफ्नै भवन निर्माण बनाउन जग्गा खरिद प्रक्रिया अगाडि बढाएको थियो। काठमाडौंको मनोहरा क्षेत्रमा जग्गा खरिदका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणको समन्वयमा सेबोनले ४२ करोड ५० लाख रुपैयाँ बैना पनि दिएको थियो। तर, बैना गरेको ३ वर्ष बितिसक्दा पनि सेबोनको नाममा जग्गा आउन सकेको छैन।

Esewa
Crest

स्थापनायता सेबोनको कार्यालय थुप्रै ठाउँमा सरिसकेको छ। यही कारण भौतिक पूर्वाधारका हिसाबले सेबोन सबैभन्दा कमजोर निकायजस्तो देखिएको छ। हाल खुमलटारमा मासिक ८ लाख रुपैयाँ भाडा तिरेर सेबोनको कार्यालय बसेको छ।

आज वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका अधिकांश प्रवक्ताले सेबोनले आफ्नै भवन कहिले पाउने भनेर प्रश्न उठाएका छन्। सरकारले पनि सेबोनको भवन निर्माणमा खासै चासो नदिएको उनीहरुको आरोप थियो।

कार्यक्रममा सेबोनका प्रवक्ता एवं कार्यकारी निर्देशक डा. नवराज अधिकारीले सेबोनको पछिल्लो एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै आफ्नै भवन नहुँदा सोचेजस्तो काम गर्न नसकेको बताए। ‘नियामकका हिसाबले हामीले पुँजी बजारलाई स्वच्छ र निष्पक्ष ढंगले चलाउन थुप्रै सुधारका काम गरिसकेका छौँ, अझै पनि थुप्रै काम बाँकी छन् तर लामो समयदेखि अध्यक्षको नियुक्ति नहुँदा ती कार्य अगाडि बढाउन सकिएको छैन’, उनले भने, ‘तर, काम गर्दै जाँदा आफ्नै भवनको अभाव भने खड्किएको छ। यसमा सरकारले ध्यान दिन जरुरी छ।’

सेबोनकै दुवै कर्मचारी संगठनका अध्यक्षहरुले पनि सेबोनको आफ्नै भवन नहुँदा दैनिक कामकारबाही र कर्मचारीको वृत्ति विकासमा समस्या भइरहेको बताए। ‘सबै सरकारी निकायको आफ्नै भवन छ तर सेबोनले ३ दशक बढी समय बिताइसक्दा पनि भाडाकै भवनमा बसिरहनुपरेको छ’, उनीहरुले भने, ‘यसतर्फ सेबोनका पदाधिकारी, उच्च व्यवस्थापक र सरकारले ध्यान दिनुपर्छ।’

कार्यक्रममा प्रमुख अतिथि राजस्व सचिव डा रामप्रसाद घिमिरेले पुँजीबजार संवेदनशील क्षेत्र भएकोले नियामकले सोहीअनुसार आफ्नो गतिविधि अगाडि बढाउनुपर्ने बताए। ‘लगानीकर्ताको सम्पत्तिको सुरक्षा र बजारलाई स्वच्छ र निष्पक्ष ढंगले सञ्चालन गर्न नियामकले उचित नियमन र सुपरिवेक्षण गर्नुपर्छ।’

सेबोनको आफ्नै भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउने विषयमा छलफल गर्न सकिने सचिव घिमिरेले बताए। हाल सेबोनको अध्यक्षका जिम्मेवारी पाएका नरेन्द्रकुमार रानाले पनि सेबोनको आफ्नै भवन निर्माण गर्न सरकारी जग्गा उपलब्ध गराउन पहल भइरहेको बताए। ‘सरकारले मलाई सेबोनमा पठाएको धेरै भएको छैन तर हामीले सेबोन भवन निर्माणका लागि आवश्यक पहल गरिरहेको छु’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS