IME Life New

सार्वजनिक संस्थानहरुको बढ्यो नाफा, सरकारले पाउने लाभांशमा पनि उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०७९।८० मा सार्वजनिक संस्थानहरुको नाफा बढेको छ। योसँगै सरकारले प्राप्त गर्ने लाभांशमा पनि उछाल आएको छ।

सरकारले आर्थिक सर्वेक्षण, २०८१ मार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९।८० मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा र १५ वटा नोक्सानीमा रहेका छन्। तीनवटा बन्द अवस्थामा थिए। अघिल्लो आर्थिक वर्ष २०७८।७९ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २५ नाफामा र १७ नोक्सानीमा सञ्चालित थिए।

Esewa
Crest

नाफामा सञ्चालन भएका संस्थानबाट आर्थिक वर्ष २०७९।८० मा सरकारले १० अर्ब ४५ लाख रुपैयाँ लाभांश प्राप्त गरेको गरेको छ। जब कि नाफामा सञ्चालन भएका संस्थानबाट अघिल्लो आर्थिक वर्ष २०७८।७९ मा सरकारले ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त गरेको थियो। आर्थिक वर्ष २०७८।७९ को तुलनामा आर्थिक वर्ष २०७९।८० मा सरकारले प्राप्त गर्ने लाभांश ६२.५४ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०७८।७९ मा सार्वजनिक संस्थानहरुको खुद नाफा समेत वृद्धि भएको छ। यस आवमा संस्थानहरुको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको देखिएको छ। यसरी आयको उच्च वृद्धि हुनुमा नेपाल आयल निगम उच्च दरले नाफामा जानु मुख्य कारण मानिएको छ। अघिल्लो वर्ष निगम ३८ अर्ब १७ करोड घाटामा रहेको निगम गत वर्ष भने ११ अर्ब ७२ करोड नाफामा रहेको छ।

सार्वजनिक संस्थानमा सरकारको कुल लगानी अघिल्लो आवको तुलनामा ८.६२ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। संस्थानमा सरकारको ३ खर्ब ७९ अर्ब रुपैयाँबराबरको शेयर लगानी र २ खर्ब ८१ अर्ब रुपैयाँ ऋण लगानी रहेको छ। सार्वजनिक संस्थानले कुल ३२ हजार १८० जनालाई रोजगारी दिएको पाइएको छ। सार्वजनिक संस्थानहरुको सञ्चित नाफा ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS