IME Life New

समृद्धि फाइनान्सका ग्राहकहरुलाई पुष्पाञ्जली हस्पिटलमा भारी छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले जेष्ठ १० गते पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर, चितवन सँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले आज जेठ ११ गतेदेखि २०८४ जेठ १० गते सम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्यूआर प्रयोग गरि पुष्पाञ्जली हस्पिटल भरतपुर, चितवनमा स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा भारी छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत गोर्कण प्रसाद दुवाडी र पुष्पाञ्जली हस्पिटल प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक सुजन राज अधिकारीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

Esewa
Crest

फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले पुष्पाञ्जली हस्पिटल भरतपुर, चितवनबाट नियमित ओ.पि.डि. सेवामा २० प्रतिशत, हस्पिटलको आन्तरिक सेवाहरुमा २०प्रतिशत औषधिमा ३ प्रतिशत देखि ५ प्रतिशत र साना तथा ठुला सल्याक्रिया चार्जमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS