IME Life New

अभिकर्ताको मनोरञ्जनका लागि भव्य ‘गाला कन्सर्ट विथ डीजे नाइट्स’ गर्दै नेशनल लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक नेशनल लाइफ इन्स्योरेन्सले अभिकर्ताको मनोरञ्जनका लागि बृहद् सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम ‘गाला कन्सर्ट’ विथ डीजे नाइट्स आयोजना गर्ने भएको छ। अन्य बीमा कम्पनीले अभिकर्तालाई मनोरञ्जन गराउनका लागि विदेश भ्रमणमा लैजाने कार्यक्रम घोषणा गरिरहेका बेला नेशनल लाइफ इन्स्योरेन्सले स्वदेशमै कार्यक्रम आयोजना गर्न लागेको हो।

कम्पनीले विदेश भ्रमण कार्यक्रममार्फत विदेशी मुद्रा पलायन गर्नुको साटो मनोरञ्जनात्मक कार्यक्रममार्फत स्वदेशमै पैसा खर्चिने र स्वदेशी कलाकारलाई समेत प्रोत्साहन गर्ने उद्देश्य लिएको छ। बीमा कम्पनीले अभिकर्ताको मनोरञ्जनमार्फत प्रोत्साहन गर्नका लागि विशुद्ध सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको यो सम्भवतः पहिलोपटक हो । यसअघि अन्य कम्पनीले अभिकर्ता सम्मान कार्यक्रमभित्रै सांगीतिक तथा मोटिभेसनल कार्यक्रम आयोजना गरे पनि विशुद्ध सांस्कृतिक कार्यक्रम मात्र आयोजना गरेका छैनन्।

Esewa
Crest

‘दिनरात केही नभनी बीमाका लागि खटिने अभिकर्ताको मानवीय संवेदनशीलतालाई हामीले ख्याल राख्नुपर्छ’, नेशनल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले भने, ‘मन्दीका कारण बजार सुस्त भइरहेका बेला उनीहरुलाई केही फरक ढंगबाट प्रोत्साहन गर्नुपर्छ भनेरै हामीले यो पहल थालेका हौँ।’

कँडेलका अनुसार सोल्टी होटल परिसरमा आयोजना गर्न लागिएको कार्यक्रममा गीत, संगीत, नृत्य तथा हास्यव्यंग्यका माध्यमबाट राष्ट्रियस्तरका चारजना कलाकार र प्रसिद्ध डिजेसहितको टोलीले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरिनेछ । कार्यक्रममा कलाकार प्रमोद खरेल, हेमन्त शर्मा, सन्दीप क्षेत्री, मेलिना राई र डीजे नानीको प्रस्तुति रहनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

8%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS