काठमाडौं । सरकाले आर्थिक वर्ष २०८१ /८२ को दशकलार्ई कृषिमा लगानी दशक घोषणा गरि सरकारी, नीजि तथा निकास राझेदारीको लगानी बृद्धि गरिने जनाएको छ । । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
कृषि क्षेत्रको उत्पादकत्व बृद्धि, आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणको स्पष्ट मार्गदर्शन तयार गरी कार्यान्वयन ल्याइने बताएको छ । उत्पादनदेखि बजारीकरणसम्मको सुधार कार्य सिस्टम योजना कार्यान्वयन गरिने जनाएको छ । कृषि पशुपन्छी तथा पशुपालन र वनको सम्बन्ध स्पष्ट हुने गरि भु उपयोगमा आधारित कृषि प्रणालीको विकास गरिनेछ ।