काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को ९ महिना चैतसम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थितिबारे प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांकअनुसार मुलुकमा रेमिट्यान्स भित्रिने क्रम बढेको छ भने महँगी नियन्त्रण हुँदै गएको छ।
यस्ता छन् प्रमुख झलक
- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ।
- आयात २.८ प्रतिशत, निर्यात ३.७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेकोछ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ।
- शोधनान्तर स्थिति रु.३ खर्ब ६५ अर्ब १६ करोडलेबचतमा रहेको छ।
- कुल विदेशी विनिमय सञ्चिति रु.१९ खर्ब ११ अर्ब ८६ करोड र अमेरिकी डलरमा १४ अर्ब ३६ करोड रहेको छ।
- नेपाल सरकारको खर्च रु.९ खर्ब ९ अर्ब ३९ करोड र राजस्व परिचालन रु.७ खर्ब ४८ अर्ब ४ करोड रहेको छ।
- विस्तृत मुद्राप्रदाय ७.५ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.३ प्रतिशतले बढेको छ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.२ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको छ।