काठमाडौं । आज शेयर बजार २ दशमलव ०६ अंकले बढेर १,९६० को विन्दुमा कायम भएको छ । आज १२० कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज ८ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आरएसडिसी लघुवित्तको ६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्थाको ५ करोड १७ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।