IME Life New

साधना लघुवित्तको नाफामा उल्लेख्य बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ३६५.८५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.९० प्रतिशत बढेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २०.९७ प्रतिशत बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा ३.७७ प्रतिशतबाट बढेर ४.१० प्रतिशत पुगेको छ।

Esewa
Crest

यस अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड १९ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६६ पैसा रहेको छ। ३८ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ३७ लाख रुपैयाँ सञ्चित छ।

चैत मसान्तसम्ममा लघुवित्तले ५ अर्ब ८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७७ पैसा बढेर २१ रुपैयाँ ३५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४।४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS