IME Life New

अभिकर्ता तालिम सञ्चालन गर्दै यूनाइटेड अजोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ।

कम्पनीले उक्त तालिम ३ दिनसम्म सञ्चालन गर्न लागेको हो। न्यूनतम एसएलसी वा सोसरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा वनस्पती विज्ञानमा कम्तीमा १ वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएका व्यक्ति वा संस्थाका प्रतिनिधिलाई अभिकर्ता इजाजतपत्रका लागि परीक्षामा सहभागी गराउने जनाइएको छ।

Esewa
Crest

कम्पनीले तालिम वैशाख २१ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्नेछ। तालिम बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म गुल्मीको तम्घासमा सञ्चालन गरिने कम्पनीले जनाएको छ।

त्यस्तै, अभिकर्ता परीक्षा लिखित परीक्षा वैशाख २३ गते सञ्चालन गरिने कम्पनीले जनाएको छ। तालिममा सहभागि हुनका लागि इच्छुकले आवश्यक कागजातसहित वैशाख २० गतेभित्र कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS