IME Life New

विदेशी लगानीकर्ताप्रति नेपालले भेदभावपूर्ण नीति अपनाउँदैनः देउवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरले विदेशी लगानीकर्ताप्रति नेपालले भेदभावपूर्ण नीति नअपनाउने बताएका छन्।

काठमाडौंमा आजबाट सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो धारणा राखेका हुन्। ‘उनीहरुलाई राष्ट्रिय लगानीकर्तासँग समान व्यवहार गरिने र विदेशी लगानीकर्तालाई अतिथिका रुपमा स्वागत गर्छौं’। नेपालमा वैदेशिक लगानी नाफामुखी रहेको उल्लेख गर्दै देउवाले यसका लागि प्रमाणित गर्ने भरपर्दो उदाहरण रहेको बताए।

Esewa
Crest

देउवाले आफू पूर्वप्रधानमन्त्री एवं सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसका सभापतिको हैसियतमा लोकतान्त्रिक ढाँचाअन्तर्गत आर्थिक विकासलाई अगाडि बढाउन बजार र निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उदार आर्थिक नीतिलाई पछ्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्। देउवाले विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार रहेको जानकारी दिए ।

देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताए। ‘लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला छ’, उनले भने।

पूर्वप्रधानमन्त्री देउवाले शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न सहयोग र साझेदारीले नेपालमा थप लगानी प्रवाहका लागि मार्ग प्रशस्त हुने बताए। ‘नेपाल अझै पनि कम विकसित मुलुकमा पर्छ । हामीले विकासका ठूला चुनौतीहरुको सामना गरिरहेका छौँ’, उनले भने, ‘हाम्रो देशमा विकासको प्रचुर सम्भावना छ तर हामीसँग विकासका फाइदाहरु प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ। त्यसैले यो सम्मेलनको आयोजनाले विशेष महत्व राख्छ ।’

देउवाले विदेशी लगानी नेपाल कानुन र नेपाल पक्ष भएको विभिन्न अन्तर्राष्ट्रिय सन्धीद्वारा सुरक्षित रहेको अवगत गराए। उनले नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवर्द्धन गर्न सरकारले विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न इच्छुक रहेको थाहा पाएको बताए।

नेपालले कम्पनी दर्ताका लागि समय र ऊर्जा बचत गर्न र तुलनात्मक रुपमा छोटो अवधिमा सञ्चालनमा राख्न प्रक्रियालाई सुव्यवस्थित गरेको जानकारी दिए। सबै प्रमुख राजनीतिक दलहरु नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरुमा सहमति कायम गर्न एकजुट हुन प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

सभापति देउवाले लचिलो श्रम कानुन, युवा र ऊर्जावान जनसंख्याको पर्याप्त हिस्सा भएको जनसांख्यिक लाभांश, बिजुलीको भरपर्दो आपूर्ति, स्थानीय कच्चा पदार्थको उपलब्धताले पनि यस क्षेत्रका अन्य उच्च ज्याला दिने देशहरुको तुलनामा उत्पादन लागत कम बनाउन योगदान पुर्याउने बताए। उनले नेपालले सार्वजनिक–निजी साझेदारीअन्तर्गतका ठूला परियोजना र अन्य साना तथा मझौला आकारका लगानीका आयोजनाका लागि उद्योग विभागअन्तर्गतको लगानी बोर्ड समावेश गर्ने एकद्वार प्रणाली स्थापना गरेको अवगत गराए।

shrebddeuba speach

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS