IME Life
Beema Board

एनआईसी एसियाका तीनवटै योजनाको घट्यो न्याभ, लगानीको अवस्था कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको चैत महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ।

कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्था एनआईसी एसिया क्यापिटल रहेको एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, ग्रोथ फन्ड र सेलेक्ट–३० (इन्डेक्स फन्ड)को चैत महिनाको वित्तीय विवरण सार्वजनिक भएको हो। चैतमा तीनवटै योजनाको न्याभ घटेको छ।

Prabhu
Crest

गत फागुनमा ब्यालेन्स्ड फन्डको १०.५९ रुपैयाँ न्याभ रहेकोमा चैतमा घटेर १०.३९ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि घटेर चैतमा ७१ करोड ९१ लाख रुपैयाँमा झरेको छ। फागुनमा कुल लगानी ७४ करोड ११ लाख रुपैयाँ थियो। गत फागुनमा ३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको यो योजनाले चैतमा पनि २ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी गत फागुनमा ग्रोथ फन्डको ११.०३ रुपैयाँ न्याभ रहेकोमा चैतमा घटेर १०.७१ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने घटेर चैतमा ७६ करोड ८७ लाख रुपैयाँमा झरेको छ। फागुनमा कुल लगानी ८६ करोड ९३ लाख रुपैयाँ थियो। गत फागुनमा ८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले चैतमा पनि ५ करोड ४३ लाख रुपैयाँ कमाउन सफल भएको छ।

गत फागुनमा सेलेक्ट–३० को ११.११ रुपैयाँ न्याभ रहेकोमा चैतमा घटेर १०.८५ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि घटेर चैतमा १ अर्ब ४ करोड रुपैयाँमा झरेको छ। फागुनमा कुल लगानी १ अर्ब ७ करोड रुपैयाँ थियो। गत फागुनमा १ करोड ६१ लाख रुपैयाँ नाफामा रहेको यो योजनाले चैतमा भने १ करोड ५७ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS