IME Life New

मुक्तिनाथको खराब कर्जा बढ्दो, अन्य सूचकको अवस्था पनि उस्तै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंक विगतमा अनियन्त्रित रुपमा प्रवाह गरेको ऋण नउठ्दा समस्यामा पर्दै गएको पाइएको छ। चालु आर्थिक वर्षको बैंकको वित्तीय विवरणहरुले मुक्तिनाथको खराब अवस्थाको चित्रण गरेको हो।

चालु आवको पहिलो त्रैमासमा १.४९ प्रतिशत रहेको खराब कर्जा अनुपात तेस्रो त्रैमाससम्म बढेर २.०२ प्रतिशत पुगेको छ। चालु आवकै दोस्रो त्रैमासमा बैंकको खराब कर्जा अनुपात २.५१ प्रतिशत पुगेको थियो।

Esewa
Crest

गत आवको सुरुआतदेखि नै बैंकको कर्जा खराब हुने क्रम बढेको थियो। विगतमा प्रवाह गरेको कर्जाको समयमै असुली गर्न नसक्दा बैंकमा समस्या देखा परेको हो।

गत आवको पहिलो त्रैमासमा ०.७७ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात त्यसयता बढ्दो क्रममा रहेको हो। गत आवको दोस्रो त्रैमासमा ०.९८ प्रतिशत पुगेको बैंकको खराब कर्जा अनुपात तेस्रो त्रैमासमा बढेर १.९९ प्रतिशत पुगेको थियो। खराब कर्जा बढ्ने क्रम चालु आवमा पनि रोकिएन। चालु आवको पहिलो त्रैमासदेखि नै हालसम्म पनि खराब कर्जा बढ्दै गएको बैंकको वित्तीय विवरणले प्रस्ट पारेको छ।

बैंकको खराब कर्जा बढ्दै जाँदा सम्भावित नोक्सानीबापत छुट्याउनुपर्ने रकम (प्रोभिजन) पनि बढेको छ। वित्तीय विवरणअनुसार बैंकले प्रोभिजनबापत छुट्याएको रकम १११.७० प्रतिशतले बढेको छ। सोबापत बैंकले छुट्याएको इम्पेयरमेन्ट चार्ज चालु आवको तेस्रो त्रैमासमा ७२ करोड ९१ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा ४४ करोड छुट्याएको बैंकले दोस्रो त्रैमासमा प्रोभिजनका लागि ७८ करोड रुपैयाँ छुट्याएको थियो।

पछिल्लो समय खराब कर्जाबापत हुने सम्भावित नोक्सानीका लागि प्रोभिजन राख्नुपर्दा बैंकको नाफामा पनि संकुचन आएको देखिन्छ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफामा पनि अपेक्षाकृत वृद्धि हुन सकेको छैन। दोस्रो त्रैमासमा ३१ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा तेस्रो त्रैमासमा १ करोड २ लाख रुपैयाँ रहेको छ। विगतको तुलनामा केही सुधार रहे पनि यो पर्याप्त नभएको तथ्यांकहरुले प्रस्ट पार्छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि प्रभावित भएको छ। पहिलो त्रैमासको तुलनामा ७.५९ रुपैयाँ घटेर दोस्रो त्रैमासमा ११.९२ रुपैयाँमा सीमित भएको बैंकको ईपीएस तेस्रो त्रैमासमा पनि बढ्न सकेन। तेस्रो त्रैमासमा पनि बैंकको ईपीएस ११.९२ रुपैयाँ नै कायम छ।

बैंकको रिटर्न अन इक्विटी पनि अपेक्षित बढेको छैन। यद्यपि चैतमा सुधार भने भएको छ। पहिलो त्रैमासमा ९.६० रहेको बैंकको रिटर्न अन इक्विटी दोस्रो त्रैमासमा ८.७० मा झरेर तेस्रो त्रैमासमा ११.५० प्रतिशत रहेको छ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा कतिपय जानकारहरुले शंका व्यक्त गरेका छन्। दोस्रो त्रैमासमा बिग्रिएको सूचकहरु एकाएक तेस्रो त्रैमासमा कसरी सुध्रिएको भन्दै केहीले आश्चर्य समेत प्रकट गरेका थिए। मुक्तिनाथ विकास बैंक डेटा म्यानुपुलेसनजस्ता काममा फेरि माहिर बैंक पनि हो। केही समयअघि गत पुसमा शेयर कारोबार भइरहेको समयमै बैंकले आफ्नो शेयरमूल्य बढाउनकै लागि शेयरधनीलाई १०.२६ प्रतिशत लाभांश वितरण गर्ने विवादास्पद निर्णय गरेको थियो। पछि नेप्सेले यसबारे बैंकलाई स्पष्टीकरणसमेत सोधेको थियो।

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अहिले प्रद्युमन पोखरेल छन्। बैंक सञ्चालक समितिले उनलाई दोस्रो कार्यकालका लागि २०७९ वैशाखमा सीईओ पदमा नियुक्त गरेको थियो। त्यसअघिको उनको कार्यकाल सन्तोषजनक रहे पनि दोस्रो कार्यकाल त्यति सन्तोषजनक नरहेको बैंकभित्रैबाट गुनासो आउने गरेको पाइन्छ। बैंकको वित्तीय सूचक सुधार्न नसक्नु पनि उनको कमजोरी रहेको कतिपयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS