IME Life New

कृषि विकास बैंकको नाफामा उछाल, लाभांश क्षमता कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ९७.२१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात (एनपीएल) घटेर ३.३० प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.२० प्रतिशत थियो।

Crest

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५८ करोड ४३ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको लाभांश वितरण क्षमता करिब ६ प्रतिशत रहेको देखिन्छ।

बैंकको सञ्चालन मुनाफा बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ४४ करोड रुपैयाँ थियो। ब्याज आम्दानी पनि बढेर ७ अर्ब २० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ६ अर्ब २४ करोड रुपैयाँ थियो।

चुक्तापुँजी १८ अर्ब ८८ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर १५ अर्ब ६४ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १३ अर्ब ६६ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १७.९३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ७.९० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS