IME Life New

नेपाल फाइनान्सको खराब कर्जा अझै १०%को हाराहारीमा, नाफामा पहिरो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्ममा कम्पनीले १३ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा ८७.२५ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) घटेर ९.२४ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको एनपीएल १३.१६ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न कम्पनीको इम्पेयरमेन्ट चार्ज भने बढेर १ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको इम्पेयरमेन्ट चार्ज ७४ लाख ३१ हजार रुपैयाँले ऋणात्मक थियो। इम्पेरमेन्ट चार्ज बढ्दाले बैंकको नाफामा पहिरो खसेको हो।

तेस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा पनि ८२.२३ प्रतिशतले घटेर १८ लाख ८३ हजार रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा १ करोड ५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने १३.२८ प्रतिशतले बढेर ७ करोड ५९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी ६ करोड ७० लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा २२ करोड १० लाख रुपैयाँले ऋणात्मक रहेको छ। यो ९ महिनामा कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ।

चुक्तापुँजी ७२ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार घटेर ४२ करोड ३९ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको रिजर्भमा ४२ करोड ७१ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर (ईपीएस) घटेर ०.२४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १.८९ रुपैयाँ थियो। पीई रेसियो १८६२.४५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३४.८३ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS