IME Life New

शान्ति मिसनका लागि आवश्यक वस्तु अब सीधै सम्बन्धित मुलुक पठाउन सकिने, प्रतीतपत्र खोल्न ल्याइयो नयाँ व्यवस्था

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले शान्ति मिसनका लागि आवश्यक वस्तु तथा सेवा सीधै सम्बन्धित मुलुकमा पठाउन सकिने गरी प्रतीतपत्र खोल्न नयाँ व्यवस्था ल्याएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत परिपत्र–२०८० मा संशोधन गर्दै नयाँ व्यवस्था ल्याएको हो। एकीकृत इ.प्रा. परिपत्रः १०/२०८० मा देहायबमोजिम दफा ६, ७ र ८ थप गरिएको हो। विभिन्न शान्ति मिसनमा खटिने नेपाली सेनाको हकमा त्यस्तो मिसनका लागि आवश्यक पर्ने वस्तु तथा सेवा नेपाल नभित्र्याई सीधै सम्बन्धित शान्ति मिसन रहेको मुलुकमा पठाउने प्रयोजनका लागि नेपालको भन्सार कार्यालयलाई वि.वि.नि.फा.नं. ४/४ (ग) जारी नगरी बैंकहरुले प्रतीतपत्र खोल्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसका लागि राष्ट्र बैंकले केही सर्तहरु अगाडि सारेको छ।

Crest

यसका लागि वस्तु तथा सेवा खरिद गर्ने सम्बन्धमा नेपाल सरकारको अख्तियारप्राप्त अधिकारीबाट भएको निर्णयको प्रतिलिपि आवश्यक पर्ने व्यवस्था थप गरिएको छ। उल्लिखित प्रतीतपत्र खोल्ने सम्बन्धमा अख्तियारप्राप्त अधिकारीबाट भएको निर्णयको प्रतिलिपि, विदेशी विनिमयसम्बन्धी प्रचलित कानुनी व्यवस्थाहरु र अन्य प्रचलित कानुनी व्यवस्थाहरु पालना भएको÷हुने सम्बन्धमा नेपाली सेना, जंगी अड्डाको स्वःघोषणा र यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन नहुने स्वःघोषणा गर्नुपर्नेछ। साथै, अपचलन भएमा सोको सम्पूर्ण जिम्मेवारी लिने सम्बन्धमा नेपाली सेना, जंगी अड्डाको स्वःघोषणा गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

यसैगरी प्रतीतपत्रसम्बन्धी अन्य प्रचलित व्यवस्थाहरुको पालना हुनुपर्ने रसम्बन्धित वस्तु भित्रिएको निस्सासहित उक्त मुलुकका लागि सो सामानको बीमा गरिएको कागजात, सिपिङ डकुमेन्टको कागजातलगायतको प्रमाणित प्रतिसमेत प्रतीतपत्र खोल्ने बैंकले माग गरी फाइलमा सुरक्षित राख्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ। प्रतीतपत्रमार्फत भुक्तानी भएको रकम नेपालमा शोधभर्ना प्राप्त हुने भएमा शोधभर्ना प्राप्त भएको निस्सासमेत सम्बन्धित फाइलमा अद्यावधिक गरी राख्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS