IME Life New

जनउत्थानको साथ र संघर्षले निला बनिन् उद्यमी, घर–घरमा उद्यमशीलता विकास विधामा पुरस्कृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कपिलवस्तु जिल्लाको एक मध्यम वर्गीय परिवारमा जन्मिएकी निला बिष्टको बाल्यकाल संघर्षपूर्ण रह्यो। उनका बुवा सामान्य काममा र आमा घरायसी काममा संलग्न थिइन्। उनीहरुको आम्दानीको स्रोत थोरै थियो। निलाको बिहे करिब १७ वर्षको उमेरमै भएको थियो र उनका श्रीमान नेपाल प्रहरीमा सेवारत थिए।

केही कारणले निलाका श्रीमानले जागिर छोडे। जागिर छाडेको केही समयपछि निलाले श्रीमानसँग मिलेर कुखुरापालन व्यवसाय सुरु गरिन्। तर, पहिलो प्रयासमा उनलाई केही मुनाफा भएन। कुखुरपालन व्यवसायबाट नाफा नआएपछि उनले होटल व्यवसाय सुरु गरिन्। ग्राहकलाई नास्ता र खाना खवाउन थालिन्। यो व्यवसायबाट पनि सुरुमा मुनाफा आउन सकेन। तर, निलाले भने हार मानिन्।

Esewa
Crest

निलाले दिनरात परिश्रम गरिन्। विस्तारै पसलमा ग्राहक बढ्न थाले। यसै बखत उनको आँगनमा जनउत्थान समुदायिक लघुवित संस्था आयो र जनउत्थानले उनलाई होटल व्यवसायका लागि थप ऋण दियो। उनले त्यो ऋणलाई राम्रोसँग सदुपयोग गरिन् र व्यवसाय विस्तार गरिन।

निरन्तर मेहनत र जनउत्थान सामुदायिक लघुवित्तको लघुकर्जा, लघु बचत आदि सेवा र व्यवसाय विस्तार र विकाससम्बन्धी तालिममार्फत व्यवसायमा क्रमशः फड्को मार्दै निलाले करिब आधा दशकमा होटलबाट महिनाको करिब ५ लाख रुपैयाँ आम्दानी हुन थाल्यो। उनले बच्चाहरुलाई राम्रो शिक्षा दिन सकिन्, परिवारको खर्च चलाउन सकिन् र बचत पनि गर्न थालिन्। तर, त्यतिबेला कोभिड–१९ महामारी आयो र लकडाउनका कारण उनको व्यवसाय मर्कामा पर्न थाल्यो र करिब ६ महिनासम्म व्यवसाय सञ्चालन गर्न कठिन भएपछि फेरि उनको जीवनमा संघर्ष थपियो।

यस्तो कठिन समयमा पनि जनउत्थानले निलालाई साथ दियो र आवश्यक सहयोग प्रदान गर्यो। विस्तारै लकडाउन खुल्न थाल्यो। व्यवसाय सञ्चालन गर्न सकिने वातावरण बन्यो। निलाले फेरि आफ्नो होटल व्यवसाय सञ्चालन गरिन्। उनको लगनशीलता र परिश्रमको परिणामस्वरुप उनको होटल व्यवसाय चाँडै नै राम्रोसँग चल्न थाल्यो।

निलाले फेरि राम्रो आम्दानी गर्न थालिन्। छोराछोरीले नरन्तर काममा सघाउन थालेपछि निलाले श्रीमानलाई वैदेशिक रोजगारका लागि विदेश पठाइन्। साथै, उनले आफ्नै घर बनाइन्, जग्गा किनिन् र व्यवसाय पनि विस्तार गरिन्। उनकी एक छोरीले जापानमा अध्ययन गर्ने अवसर पनि पाइन्। आफ्नो कडा परिश्रम, लगनशीलता र धैर्यका कारण निलाले चौथो लघुवित्त सदस्य सम्मेलनमा उत्कृष्ट महिला उद्यमी अवार्डको तेस्रो पुरस्कार प्राप्त गरिन्। उनी एक सफल महिला उद्यमी बनिन्।

आज निलाको परिवार खुसीका साथ बाँचिरहेको छ। उनका सन्तानहरु पनि राम्रो शिक्षा प्राप्त गरिरहेका छन्। उनीहरुको आम्दानीको स्रोत पनि बढेको छ। साथै, उनका छोरा–छोरीमा पनि उद्यमशीलताको विकास भएको छ। उनीहरुले व्यवसायलाई अगाडि बढाउन निलाबाट उचित ज्ञान र मार्गदर्शन पाएका छन्।

निलाको संघर्ष र लगनशीलताले एक सफल जीवन बिताउने अवसर दिएको छ। साँच्चिकै जनउत्थानको साथ र निलाको संघर्ष र मेहनतको यो कथा आमनेपाली दिदी–बहिनीका लागि हौसला र प्रेरणाको स्रोत बन्नेछ। निला लघुवित्तले बिनाधितो कर्जा दिने, एकैपटक चुक्ता गर्न नपर्ने, क्रमशः मासिक कस्तामा तिरे हुने, कर्जाबाहेक व्यावसायिक सीप तथा क्षमता अभिवृद्धि तालिम पाइने, नेतृत्व विकासको अवसर पाइने, बचत गर्ने बानीको विकास हुने, कर्जाको बीमासमेत हुने भएकाले लघुवित्त क्षेत्र गरिब र सीमान्तकृत वर्गका लागि जीवन बाँच्ने मुख्य औजार भएको बताउँछिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS