IME Life New

तेस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो आरएसडिसी लघुवित्त, कस्तो छ वित्तीय प्रदर्शन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो संगठित संस्था बनेको छ। यो लघुवित्तले आज तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो।

समीक्षा अवधिसम्म संस्थाले ११ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थाको नाफामा ३०.३४ प्रतिशतले बढेको छ।

Esewa
Crest

तेस्रो त्रैमाससम्म संस्थाले १६ करोड १ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष संस्थाले यही अवधिसम्म १२ करोड २८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। सञ्चालन मुनाफा पनि ३०.३० प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.९९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.३७ प्रतिशत थियो। खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ५५ लाख २७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्ममा संस्थाको इम्पेयरमेन्ट चार्ज ७ करोड ३७ लाख रुपैयाँले ऋणात्मक थियो।

तेस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी १३.४८ प्रतिशतले घटेर १८ करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २१ करोड ४० लाख रुपैयाँ थियो।

यो ९ महिनाको अवधिमा संस्थाले ५ अर्ब ६५ करोड सापटी लिई ६ अर्ब ५९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ५ अर्ब ९३ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ९४ करोड ४३ रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङमा ११ करोड २७ लाख रुपैयाँ र रिजर्भमा १२ करोड ४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष संस्थाको रिटेन्ड अर्निङमा ६ करोड ८४ लाख रुपैयाँ र रिजर्भमा ९ करोड ३३ लाख रुपैयाँ थियो। रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ।

समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १५.८३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १३.१९ रुपैयाँ थियो। पीई रेसियो ३८.१० गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १२४.६९ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS