IME Life New

बीमा धोकाधडीः मृतकहरुको दाबी नगरिएको करोडौँ झ्वाम, यसरी रचियो योजना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले मृत्यु भइसकेकाहरुको नाममा रहेको बीमा पोलिसीको रकम दाबी गरेपछि भुक्तानी गर्छन्। तर, दाबी नपरेसम्म मृतकको नाममा रहेको बीमाको रकम भुक्तानी हुँदैन। त्यस्ता दाबी नपरेका घटना थुप्रै हुन्छन्। तिनै दाबी नपरेका बीमाको रकम फर्जी ढंगले निकालिएको घटना सार्वजनिक भएको छ। यो घटनाले सबैलाई अचम्म पार्न सक्छ।

मृतकको बीमाको रकम फर्जी ढंगले निकालिएको घटना छिमेकी मुलुक भारतमा भएको हो। त्यहाँ मृत्यु भइसकेका व्यक्तिहरुको बीमाको करोडौँ रकम फर्जी ढंगले निकालिएको पाइएको छ।

Crest

भारतको दिल्ली पुलिसको विशेष टोलीले मृतकहरुको दाबी नगरिएको बीमा पोलिसीहरुबाट ठगी गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेपछि यो घटना सार्वजनिक भएको हो। पक्राउ पर्नेहरुमा रोहिणीका चन्दन जैन, ककरौलाका सुजितकुमार मिश्रा, ग्रेटर नोएडाका रोहितकुमार अग्रवाल र विजयनगरका प्रेम प्रकाश छन्। उनीहरुमध्ये रोहित र सुजित म्याक्स लाइफ इन्स्योरेन्सका कर्मचारी थिए ।

यो गिरोहले हालसम्म २२ जना मृत्यु भइसकेका व्यक्तिको दाबी नगरिएको बीमाको भारु २ करोड ३८ लाख ठगी गरेको दिल्ली प्रहरीले खुलासा गरेको छ। पक्राउ परेकाहरुका साथबाट प्रहरीले ३९ मोबाइल फोन, ५५ प्यान कार्ड, ३३ आधार कार्ड, ३२ मतदाता कार्ड, ४६ डेबिट कार्ड र ७३ थान चेकबुक र पासबुक बरामद गरेको छ ।

आईएफएसओका डीसीपी प्रशान्त पी गौतमका अनुसार म्याक्स लाइफ इन्स्योरेन्सको उजुरीमा गत मार्च २८ मा स्पेसल सेल पुलिस स्टेसनमा मुद्दा दर्ता गरिएको थियो। आशुतोष जोशी र अब्दुल चौधरी नामका दुईजना म्याक्सको बीमाकर्ताको सरेन्ड र म्याच्योर्ड भइसकेको बीमा रकम ५१ लाख नाघेको भनी दाबी परेको थियो। पछि कम्पनीले अब्दुल चौधरीको मार्च २०१८ मा मृत्यु भएको र उनको परिवारबाट कसैले पनि दाबी नगरेको पायो।

आरोपितमध्ये रोहित म्याक्स लाइफ इन्स्योरेन्स कम्पनीमा उच्च पदमा कार्यरत थिए । उनले त्यस्ता बीमितका बारेमा जानकारी प्राप्त गरे, जसले पोलिसी सरेन्डर वा म्याच्योर्ड भइसक्दा पनि दाबी पेस गरेका छैनन्। उनले यो तथ्यांक आफ्नै कार्यालयका कर्मचारी सुजितलाई दिए । यो ठगी धन्दामा पछि चन्दन पनि आबद्ध भए।

अभियुक्त प्रेमप्रकाशले राणाप्रतापबागनजिकैको बस्तीमा बस्ने आफ्ना चिनजान र अन्य व्यक्तिलाई प्रलोभनमा पारेर बीमितको नाम र ठेगानामा परिवर्तन गर्न आधार केन्द्रमा लगेका थिए। एसबीआई गुजरनवाला टाउनको आधार केन्द्रमा काम गर्ने विकासले पैसा र कुनै पनि महत्वपूर्ण कागजातहरु बिना यी परिवर्तन अद्यावधिक गरे। यसका लागि भारु १ हजारदेखि १ हजार ५०० सम्म शुल्क लिइएको थियो। त्यसपछि यो गिरोहले आधार नम्बरका आधारमा बनाइएको प्यान कार्ड र मतदाता कार्ड लिएर त्यसका आधारमा बैंक खाता खोलेका थिए। केही खाताहरु डिजिटल रुपमा पनि खोलिएका थिए। अनि फर्जी ढंगले भुक्तानी गरिएका दाबी रकम ती बैंक खातामा जम्मा गरेको प्रहरीले चाल पाएको थियो।

अर्कोतर्फ म्याक्स लाइफ इन्स्योरेन्स कम्पनीले यस घटनामा संलग्न कर्मचारीलाई कारबाही गर्दै जागिरबाट बर्खास्त गरेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS