IME Life New

अर्बौं डलरको बैंकिङ घोटाला काण्डमा भियतनामी प्रपर्टी टाइकुनलाई मृत्युदण्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ घोटाला प्रकरणमा भियतनामी प्रपर्टी टाइकुनलाई मृत्युदण्डको सजाय सुनाइएको छ। भियतनामी प्रपर्टी व्यवसायी ट्रुङ माई ल्यानलाई मृत्युदण्डको सजाय सुनाइएको हो।

भियतनामी अर्बपति ल्यानमाथि ११ वर्षको अवधिमा साइगन कमर्सियल बैंक (एससीबी)को २७ अर्ब डलर घोटाला गरेको आरोप छ। ल्यान प्रोपर्टी डेभलपर कम्पनी ‘भान थिह्न फ्याट’की अध्यक्ष पनि हुन्। उनी २०२२ मा पक्राउ परेकी थिइन्। उनीमाथि ठगीका साथै बैंकिङ नियम उल्लंघन र घुस लिएको आरोप पनि लागेको छ।

Esewa
Crest

बेलायती मिडिया द गार्डियनका अनुसार लानबाहेक अन्य ८५ जनालाई जेल सजाय सुनाइएको छ। जसमा पूर्वबैंकर, पूर्वसरकारी अधिकारी र केही पूर्वएससीबी अधिकारी समावेश छन्। भियतनाम अदालतमा यस मुद्दामा ५ हप्तादेखि सुनुवाइ चलिरहेको थियो। ल्यानविरुद्ध मुद्दा लडेका वकिलहरुले अदालतसँग ल्यानलाई मृत्युदण्डको माग गरेका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS