IME Life New

वैशाखका लागि अधिकांश बैंकहरुले घटाए ब्याजदर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अधिकांश वाणिज्य तथा विकास बैंकहरुले वैशाखका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरुले २०८१ वैशाखमा लागू हुने मुद्दति निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका हुन्।

वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंकले चैतका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ६.७५ प्रतिशत, लक्ष्मी सनराइजले ७ प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशत र सिद्धार्थ बैंकले ७.२५ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्। चैतमा व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ७ प्रतिशत, लक्ष्मी सनराइजले ७.५ प्रतिशत, कुमारी बैंकले ७.५१ प्रतिशत र सिद्धार्थ बैंकले ७.५ प्रतिशत अधिकतम ब्याज दिका थिए।

Crest

यसैगरी वैशाखमा संस्थागत मुद्दति निक्षेपमा नेपाल बैंकले ४.७५ प्रतिशत, लक्ष्मी सनराइजले ६ प्रतिशत, कुमारी बैंकले ६.२६ प्रतिशत र सिद्धार्थ बैंकले ६ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्। यसअघि चैतमा संस्थागत मुद्दति निक्षेपमा नेपाल बैंकले ६ प्रतिशत, लक्ष्मी सनराइजले ६.५ प्रतिशत, कुमारी बैंकले ६.५१ प्रतिशत र सिद्धार्थ बैंकले ६.५ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्।

अहिलेसम्म प्राप्त सूचनाअनुसार वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपतर्फ माछापुच्छ्रे बैंकले अधिकतम ७.२५ प्रतिशत, एभरेष्टले ७ प्रतिशत, एनआईसी एसियाले ७.७५ प्रतिशत, ग्लोबल आइएमईले ७ प्रतिशत, हिमालयन ७.५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ७ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ७ प्रतिशत उपलब्ध गराउनेछन्। वैशाखमा संस्थागत मुद्दति निक्षेपतर्फ माछापुच्छ्रे बैंकले अधिकतम ५.५० प्रतिशत, एभरेष्टले ६ प्रतिशत, एनआईसी एसियाले ६.७ प्रतिशत, ग्लोबल आइएमईले ६ प्रतिशत, हिमालयन ६ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ५.२५ प्रतिशत उपलब्ध गराउनेछन्।

वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले ५.६६ प्रतिशत र सिटिजन्स बैंकले ७.२५ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेका छन्। यसअघि चैतमा कृषि विकास बैंकले ५.६६ प्रतिशत र सिटिजन्स बैंकले ७.१५ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेका छन्। वैशाखमा संस्थागततर्फ भने कृषि विकास बैंकले ४.५१ प्रतिशत र सिटिजन्सले ६.५ प्रतिशत अधिकतम ब्याजदर दिने भएका छन्।

उता राष्ट्रियस्तरका विकास बैंकहरुले वैशाखमा मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। वैशाखमा राष्ट्रियस्तरका विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.७५ प्रतिशत र संस्थागतमा ६.७५ प्रतिशत ब्याज दिने भएका छन्। चैतमा विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.०५ प्रतिशत र संस्थागतमा ७.०५ प्रतिशत ब्याज दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

11%

अचम्मित

0%

उत्साहित

56%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS