IME Life
GBIME

दुई लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज हुँदैछ । आज आरम्भ चौतारी लघुवित्त र मानुषि लघुवित्तको साधारण सभा हुँदैछ । मानुषी लघुवित्तले आफ्नो पाँचौं वार्षिक साधारण सभा होटल उग्रचण्डी बनेपामा विहान १०ः३० बजे आयोजना गर्ने जनाएको छ । संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/०८० को पाँचौं वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फबाट अध्यक्ष ज्युले प्रस्तुत गर्नु हुने प्रतिवेदन माथि छलफल गरी पारित गर्ने सम्बन्धमा, लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/ ०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

Crest

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/ ८१ को लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमकारी निकायहरु बाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न, निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी  प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, आरम्भ चौतारी लघुवित्तले आफ्नो आठौं वार्षिक साधारण सभा बनेपा पार्टी भेन्युमा विहान ११ बजे गर्ने भएको हो । कम्पनीको चैत ७ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । सभाले अध्यक्ष्यबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७९ /८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात र आ।व। २०७९/८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०८०/८१ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्तीरसमाहित गर्ने र हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS