IME Life New

संकटमा विश्वकै दोस्रो ठूलो अर्थतन्त्र, फिचले घटायो रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धेरै दशकदेखि विश्व अर्थतन्त्रको इन्जिन रहेको चीनको अर्थतन्त्र संकटमा पर्न थालेको छ। चीनको अर्थतन्त्र धेरै मोर्चामा संघर्ष गरिरहेको छ। अहिले फिचले पनि चीनको क्रेडिट रेटिङ घटाएको छ।

चीनले धेरै आर्थिक चुनौतीको सामना गरिरहेको र आर्थिक अवस्थासम्बन्धी जोखिम निरन्तर बढिरहेको फिचको भनाइ छ। फिचले चीनको दृष्टिकोणलाई स्थिरबाट नकारात्मकमा परिवर्तन गरेको छ। जसका कारण चीनको कर्जायोग्यता घट्ने सम्भावना पनि बढेको छ। यद्यपि, फिचले अझै पनि ‘ए प्लस’मा चीनको सार्वभौम बन्डको रेटिङ कायम राखेको छ।

Esewa
Crest

चीन लामो समयदेखि रियल इस्टेट संकटसँग लडिरहेको छ। जसले सम्पूर्ण अर्थतन्त्र ध्वस्त हुने खतरा उत्पन्न गरिरहेको छ।

फिचले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘क्रेडिट रेटिङमा परिवर्तनले चीनको पब्लिक फाइनान्स आउटलुकमा जोखिम बढ्दै गएको झल्काउँछ। चीन प्रपर्टीमा निर्भर वृद्धिबाट दिगो विकासको मोडलतर्फ उन्मुख भइरहँदा अर्थतन्त्रको भविष्यबारे अनिश्चितता छ।’

चीन सरकारले घर–जग्गामाथिको निर्भरता घटाउन अन्य क्षेत्रहरुमा ध्यान केन्द्रित गरिरहेको छ। चीनको कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत अचल सम्पत्तिले ओगटेको छ। तर, पछिल्ला केही वर्षदेखि यो गहिरो संकटमा छ र यसले देशको समग्र अर्थतन्त्र नै धरासायी हुने सम्भावना छ।

फिचले अनुमान गरेको छ कि चीनमा सरकारी घाटा २०२४ मा जीडीपीको ७.१ प्रतिशत हुन सक्छ। जुन गत वर्ष ५.८ प्रतिशत थियो। कोरोना महामारीका कारण लगाइएको प्रतिबन्धका कारण सरकारी खजाना नराम्ररी प्रभावित भएपछि यो नोक्सानी सन् २०२० पछिकै उच्च हुनेछ।

चिनियाँ सरकारले फिचको कदमप्रति खेद प्रकट गरेको छ। चीन सरकारले फिच रेटिङ टोलीसँग प्रारम्भिक चरणमा पूर्ण गम्भीरताका साथ छलफल गरेको र यो प्रतिवेदनले चीनको वास्तविक चित्र नदेखिएको दाबी गरेको छ। ‘यसले आर्थिक वृद्धिमा वित्तीय नीतिको सकारात्मक भूमिकालाई उल्लेख गर्दैन’, चीनले भनेको छ, ‘यसले दीर्घकालीन अर्थतन्त्रलाई ठूलो फाइदा पुर्याउँछ।’

डिसेम्बरको सुरुमा रेटिङ एजेन्सी मुडिजले पनि चीनको क्रेडिट रेटिङलाई स्थिरबाट नकारात्मकमा डाउनग्रेड गरेको थियो। रियल स्टेट क्षेत्र गहिरो संकटमा परेको र यसका कारण समग्र अर्थतन्त्र नै प्रभावित हुने मुडिजको भनाइ छ।

अमेरिकापछि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। तर, केही समयदेखि चीनको अर्थतन्त्र धेरै क्षेत्रमा संघर्ष गरिरहेको छ। मन्दीको डरले मानिसहरु खर्च गर्नबाट जोगिएका छन्। यसबाट घरेलु उपभोगमा असर परेको छ। अमेरिकासँगको सम्बन्धमा पनि तनाव छ। चीनको निकासी घट्दै गएको छ भने विदेशी लगानीकर्ता पनि पलायन हुन थालेका छन्।

गत वर्ष चीनको शेयर बजार विश्वमा सबैभन्दा खराब थियो। ठूलो संख्यामा विदेशी कम्पनीहरु पनि चीनबाट बाहिरिरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

20%
sad

दु :खी

13%
amazed

अचम्मित

40%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS