IME Life New

ग्रिन डेभलपमेन्ट बैंकको दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकको १०औं र ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पोखराको मेजेष्टिक लेक फ्रन्ट होटल एण्ड सुइटमा सम्पन्न भएको बैंकले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को संचालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९/ २०८० आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तथा अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

सभाले संचालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा संचित मुनाफा रकम समेतवाट यस डेभपलपमेण्ट बैंकको हाल कायम चुक्तापूँजी ५१ करोड ९० लाखको ० २० प्रतिशतले हुन आउने नगद लाभाशमा लाग्ने कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव उपर छलफल गरि पारित गरेको छ ।

सभाले लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको नियुक्ती अनुमोदन गर्ने, संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र संचालक नियुक्त भएको प्रस्ताव पारित गरेको छ ।

सभाले बैंकको ३ दशमलव ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।सोही वमोजिम डेभलपमेण्ट बैंकको प्रवन्धपत्रमा वैंकको जारी तथा चुक्ता पूँजी वृद्धी गर्न आवश्यक संसोधन प्रस्ताव पारित गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS