IME Life New

सिंगापुरमा लगातार घट्दै बीमा अभिकर्ताको संख्या, युवाको आबद्धता बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगापुरमा बीमा एजेन्ट (अभिकर्ता)को संख्या लगातार घटिरहेको पाइएको छ। वर्ष २०२३ मा सिंगापुरमा बीमा अभिकर्ताको संख्या ८.४ प्रतिशतले घटेर १७ हजार ७११ मा सीमित बनेको छ। वर्ष २०२१ मा बीमा अभिकर्ताको संख्या १९ हजार ३१० थियो।

एक साताअघि सांसदले सोधेको प्रश्नको लिखित जबाफमा उपप्रधानमन्त्री लरेन्स वोङकाउनले बीमा अभिकर्ताको संख्याबारेमा जानकारी गराएका हुन्। जीवन बीमा अभिकर्ताको संख्या वर्ष २०२१ मा १५ हजार २०५, २०२२ मा १४ हजार ५४६ र २०२३ मा १३ हजार ९३४ थियो। यस अवधिमा निर्जीवन बीमा अभिकर्ताको संख्या क्रमशः ४ हजार १०५, ३ हजार ९१५ र ३ हजार ७७७ थियो ।

Esewa
Crest

यी तथ्यांकले सिंगापुरमा अभिकर्ताको संख्या लगातार घटिरहेको प्रस्ट हुन्छ। यसले बीमा अभिकर्ता पेसाप्रतिको आकर्षण घट्दै गएको हुन सक्ने देखिन्छ।

सिंगापुरमा अभिकर्ता पेसामा आबद्ध हुनेमा २१ वर्षदेखि ४० वर्षका मानिसहरुको बाहुल्य रहेको छ। जसमा ९० प्रतिशत सिंगापुरका नागरिक छन् भने अधिकत्तर स्थायी बासिन्दा छन्।

जीवन र कम्पोजिट बीमा अभिकर्ताको विगत ३ वर्षको तथ्यांक

(एशियन इन्स्योरेन्स रिभ्युको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS