IME Life New

समृद्धि फाइनान्सद्वारा निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले चैत्र २३ गते संस्थागत सामाजिक उक्तरदायित्व कार्यक्रम अन्तर्गत पुतलीसडक कार्यालयद्धारा एकदिने निःशुल्क दन्त तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मर्मलाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रम पुतलीसडकको शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा सम्पन्न भएको हो ।

आर्सिया डेन्टल तथा जे.जि.एस आइ केयरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा तथा दन्त रोगका विशेषज्ञ डाक्टरले सेवाप्रदान गरेका थिए । सो कार्यक्रममा दन्त परीक्षण अन्तर्गत २८० जना र आँखा परीक्षणमा ३२९ जना सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा लिनु भएको जानकारी फाइनान्सले गराएको छ ।

Esewa
Crest

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक महिनाको लागि फरक फरक कार्यक्रमहरु तय गरेकोमा चैत्र महिनाको लागि निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम सम्पन्न गरेको साथै आउने महिनाहरुको लागि विभिन्न मितिहरुमा अन्य कार्यक्रमहरु आयोजना गर्ने तालिका रहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS