IME Life New

अमेरिकामा बस्ने एसियाली मूलका मानिसको कस्तो छ जीवनशैली ? रिसर्चबाट खुल्यो यस्तो सत्यता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका बाहिर बस्ने मानिसहरु अक्सर सोच्छन् कि त्यहाँ बस्ने मानिसहरुले धेरै कमाउँछन् र राम्रो जीवन बिताउँछन्। तर, वास्तविकता फरक हुन सक्छ।

प्यु रिसर्च सेन्टरका अनुसार अमेरिकामा बसोबास गर्ने एसियाली मूलका २३ लाख मानिसमध्ये अधिकांश गरिबीमा बाँचिरहेका छन्। प्यु रिसर्चले अमेरिकी जनगणना ब्युरोको तथ्यांकको विश्लेषण गर्दै प्रत्येक १० एसियाली अमेरिकीमा एकजना गरिबीमा बाँच्ने गरेको जनाएको छ।

Esewa
Crest

यद्यपि, भारतीय–अमेरिकीहरु एसियाली मूलका अन्य नागरिकहरुको तुलनामा राम्रो जीवन बिताइरहेका छन्। भारतीय–अमेरिकीहरुमा गरिबी दर ६ प्रतिशत छ। जुन एसियाली मूलका अन्य नागरिकहरुको तुलनामा सबैभन्दा कम हो।

अनुसन्धानका अनुसार बर्मेली मूलका नागरिकमा गरिबी दर १९ प्रतिशत र हमोङ मूलका अमेरिकीहरुमा १७ प्रतिशत रहेको छ।

प्यु रिसर्च अध्ययनले गरिबीमा बाँचिरहेका तीनमध्ये एक एसियाली–अमेरिकी २५ वर्षभन्दा माथिको छ र स्नातक डिग्री छ। २५ वर्ष नाघेका र स्नातक डिग्री गरेका एसियाली अमेरिकीहरुमा गरिबी दर ५ प्रतिशत छ।

प्रतिवेदनका अनुसार अमेरिकाका १० ठूला सहरमा १० लाखभन्दा बढी एसियाली मूलका नागरिक गरिबीको रेखामुनि बस्छन्। न्युयोर्क सिटी, लस एन्जलस र सान फ्रान्सिस्कोमा गरिबीको रेखामुनि बस्ने १ लाखभन्दा बढी एसियाली अमेरिकी छन्।

प्यु रिसर्चले २०२२ र २०२३ मा एउटा सर्वेक्षण गरेको र एसियाली मूलका हरेक १० मध्ये ८ जनाले कठिनाइको सामना गरेको खुलासा गरेको थियो।

गरिबीको रेखामुनि रहेका एसियाली अमेरिकीहरुमध्ये ५७ प्रतिशतसँग कुनै बचत छैन। जब कि गरिबीको रेखामुनि रहेका एसियाली अमेरिकीहरुमध्ये ४० प्रतिशतले बचत गर्न सकेका छैनन्। यतिमात्र होइन एसियाली मूलका ३८ प्रतिशत वयस्क खानाका लागि फुड बैंक र च्यारिटेबल ट्रस्टमा निर्भर छन्।

हरेक वर्ष एसियाली देशबाट लाखौँ मानिस आफ्नो सपना पूरा गर्न अमेरिका जाने गर्छन्। तर, अनुसन्धानले देखाएको छ कि ४७ प्रतिशत नागरिकले अमेरिका आएर आफ्नो सपना कहिल्यै पूरा गर्न नसक्ने महसुस गर्छन्। जब कि एसियाली मूलका १५ प्रतिशतले आफूले चाहेको कुरा पाएको महसुस गर्छन्। योसँगै ३६ प्रतिशतले आफू आफ्नो सपना पूरा गर्ने बाटोमा रहेको विश्वास गर्छन्।

एसियाली मूलका ९१ प्रतिशत मानिसले आफ्नो इच्छाअनुसार बाँच्ने हो भने त्यो सपना साकार हुने विश्वास गर्छन्। जब कि ९० प्रतिशत मानिसहरु आरामसँग अवकाश लिनु नै आफ्नो सपना पूरा हुने विश्वास गर्छन्।

अमेरिकामा २.३५ करोड मानिस एसियाली मूलको रहेको अनुमान गरिएको छ। सबैभन्दा बढी ५२ लाख चिनियाँ मूलका नागरिक छन्। दोस्रो नम्बरमा भारतीय छन्। अमेरिकामा भारतीयको जनसंख्या करिब ४८ लाख छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS