IME Life New

एउटै प्रकृतिको एकभन्दा बढी खाता भए बन्द गर्न ग्राहकलाई ग्लोबल आइएमई बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले एउटै प्रकृतिको एकभन्दा बढी खाता भए बन्द गर्न ग्राहकहरुलाई आग्रह गरेको छ। बैंकले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८० को इ.प्रा. निर्देशन नं. २१/०८० बुँदा नं. ४३ बमोजिम बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको (तोकिएका खाताहरु बाहेक) एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्था छ। सोही व्यवस्थाबमोजिम ग्राहक (प्राकृतिक व्यक्ति) को ग्लोबल आइएमई बैंकमा स्वदेशी मुद्रामा रहेको एउटै प्रकृतिको एकभन्दा बढी खाता भएको भए नजिकको शाखा कार्यालयमा गई एकभन्दा बढी कायम रहेको खाता बन्द गर्न सूचनामा आग्रह गरिएको छ।

Esewa
Crest

यस विषयमा बैंकले यसअघि पनि विभिन्न मितिमा पटक–पटक सूचना प्रकाशित गरेको थियो। अब बाँकी रहन गएका ग्राहक (प्राकृतिक व्यक्ति)ले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र एकभन्दा बढी कायम रहेको खाता बन्द गर्न बैंकले आग्रह गरेको छ।

यसका साथै तोकिएको समयपश्चात त्यस्ता खाता मध्ये एक खातामात्र कायम गरी बाँकी खाताहरु बैंकको तजवीजमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन पालना गर्ने क्रममा बाध्यात्मक रुपमा बन्द गरिने बैंकले स्पष्ट पारेको छ। यसबाट भविष्यमा ग्राहकलाई पर्न जाने हानी वा नोक्सानीप्रति बैंक जिम्मेवार नरहने पनि सूचनामा प्रस्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS