IME Life New

बेतौनाका विपन्न परिवारलाई जीवन विकास लघुवित्तद्वारा बिउ पूँजी स्वरुप ९० जोड परेवा प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ९ परिवारलाई बिउ पूँजी स्वरुप दश जोडका दरले ९० जोड परेवा प्रदान गरेको छ । बिहीबार परम्परागत सीप मार्फत उद्यमशीलता विकासका लागि धनपालथान गाउँपालिका– ३ बेतौनाका नौं अति विपन्न परिवारलाई दश जोडका दरले ९० जोड परेवा प्रदान गरेको हो ।

मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद योगेन्द्र मण्डलले अति विपन्न परिवारलाई परेवाको बच्चा हस्तान्त्रण गरे । विपन्न परिवारलाई परेवा हस्तान्त्रण गर्दै सांसद मण्डलले परेवा पालनलाई उद्योगको रुपमा विकास गर्न आग्रह गरे । एक सय जोड परेवा पाल्दा मासिक ४५ हजारसम्म आम्दानी हुने बताउँदै उनले भने,‘ यो दश जोड परेवालाई बीउ पूँजी मानेर उद्योगको रुपमा विस्तार गर्नुहोला ।’

Esewa
Crest

विपन्न परिवारको आर्थिक हैसियत उकास्ने मुख्य आधार उद्यमशीलता नै भएको बताउँदै उनले थोरै लगानीमा उद्यमशीलता विकासको आधार तयार हुने भएकाले विपन्न परिवारका लागि परेवा पालन व्यवसाय फलदायी हुने बताए ।

व्यवसायीक रुपमा परेवा पालनबाट राम्रो आम्दानी हुने भएकाले आफ्ना क्षेत्रका अन्य जनतालाई पनि पालनका लागि प्रोत्साहन गरिरहेको उनले बताए ।‘ थोरै लगानीमा नियमित र राम्रो आम्दानी परेवा पालनबाट हुन्छ,’उनले भने,‘ बिक्रीका लागि बजारको समस्या छैन ।’ सांसद मण्डलले विपन्न परिवारलाई आत्मनिर्भर बनाउनका लागि यसअघि परेवा वितरण सुरु गरेका थिए । लघुवित्तले नमुना गाउँ बनाउने घोषणा गरेको वेतौनाका अति विपन्न परिवारलाई परेवा हस्तान्त्रण गरेको हो ।

लघुवित्तले धनपालथान गाउँपालिका– ३ र ४ मा पर्ने बेतौनालाई इको भिलेज बनाउने अभियान अन्तरगत काम गरिरहेको छ । सोही अभियान अन्तरगत अति विपन्न परिवारलाई परेवा बिउ पूँजी प्रदान गरिएको लघुवित्तका उद्यमशीलता विकास प्रमुख मनोजकुमार शर्माले बताए ।
विपन्न परिवारलाई परेवा हस्तान्त्रण गर्नुअघि लघुवित्तले परेवाको खोर निर्माण गर्न लगाएको थियो । पहिलो चरणमा खोर निर्माण गरेका नौं परिवारलाई परेवा हस्तान्त्रण गरेको उनले बताए ।

परम्परागत सीप मार्फत उद्यमशीलता विकासका लागि पाएको परेवा संरक्षणका लागि परिवारले चासो दिनुपर्ने लघुवित्तका जोखिम व्यवस्थापन विभाग प्रमुख शिवकुमार रामले बताए । स्थानीय आफै सचेत भएमात्रै परेवा व्यवसाय फस्टाउने बताए ।

स्थानीय धामो आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मण्डलले गाउँका अतिपन्न परिवारले परेवा पालन विस्तार गरे आफ्नौ आर्थिक हैसियत उकास्न सक्ने बताए । लघुवित्तका कर्सीया शाखा प्रमुख गायत्री पोखरेलले उद्यमशीलता विकासका लागि प्रदान गरिएको परेवा पालनको अवस्थाका बारेमा लघुवित्तले अनुगमन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS