IME Life New

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता भएको छ । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि बैंक र आईएफसीबीच सम्झौता भएको हो ।

बैंकले ‘डिजिटल फर्स्ट’ अभ्यास अपनाइ सुशासन पक्षहरुमा केन्द्रित हुदै दिगो विकासलाई सधैं प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीतिहरु वातावरण मैत्री एवं समाज केन्द्रित बनाउँदै आएको जानाएको छ । उक्त सम्झौताले उल्लेखित क्षेत्रहरुमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तराष्ट्रिय असल अभ्यास अनुसरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सवल बनाई आफ्ना लक्ष्यहरु हासिल गर्न थप टेवा पुग्ने विश्वास लिएको उल्लेख गरिएको छ ।

Esewa
Crest

आईएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको यस सिद्धार्थ बैंकले आईएफसीद्वारा आयोजित १० औं ग्लोबल ट्रेड अवार्डमा ‘Best Operations Bank in South Asia 2021’ अवार्डबाट पनि सम्मानित भएको थियो ।

त्यसैगरी केहि समय अघि मात्र पनि सिद्धार्थ बैंक र आईएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरुको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भईसकेको छ जस अन्तर्गत आईएफसीले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण पनि प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS