IME Life New

नारायणी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आह्वान, मर्जरका लागि बाटो खुला गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १८ गते आयोजना गर्ने निर्णय हो। सभा चितवनको रत्ननगर–१ टाँडीस्थित होटेल स्टारमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिका लागि बाटो खुला गर्नेछ। यसका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

Esewa
Crest

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन सभाले स्वीकृत गर्नेछ।

सभाले सञ्चालकहरुको मनोनयन तथा निर्वाचन गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS