IME Life New

गण्डकी प्रदेशमा पनि अभिकर्ताको अनलाइन परीक्षा हुने, कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पहिलोपटक गण्डकी प्रदेशमा पनि जीवन बीमा अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा हुने भएको छ।

नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय पोखराले एक सूचना प्रकाशित गरी अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा सञ्चालन गर्न लागिएको जानकारी गराएको हो। अनलाइन परीक्षा भोलि शुक्रबार अपराह्न ४ः३० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा देशभरका परीक्षार्थी सहभागी हुन पाउनेछन्।

Esewa
Crest

काठमाडौंबाहिर दोस्रो स्थान पोखरामा अभिकर्ता अनलाइन परीक्षा हुने भएको हो। यसअघि बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगरले अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा सञ्चालन गरेको थियो।

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता (अभिकर्ता)हरुको परीक्षा लिएरमात्रै इजाजतपत्र दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा प्राधिकरणको कोशी प्रदेशले सञ्चालन गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS