IME Life New

फागुनमा सानिमा म्युचुअल फन्डका तीन योजनाको वित्तीय प्रदर्शन कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको फागुन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, सानिमा ग्रोथ फन्ड र सानिमा लार्ज क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो।

फागुनमा इक्विटी फन्डको न्याभ बढेर ११.२५ रुपैयाँ पुगेको छ। माघमा न्याभ ११.१८ रुपैयाँ थियो। यो योजनाको कुल लगानी भने घटेर फागुनमा १ अर्ब ३३ करोड ५० लाख रुपैयाँमा खुम्चिएको छ। माघमा कुल लगानी १ अर्ब ३३ करोड ९६ लाख रुपैयाँ थियो। गत माघमा १ करोड ४२ लाख रुपैयाँ घाटा व्यहोरेकोमा फागुनमा पनि ५१ लाख ६९ हजार रुपैयाँ घाटा भएको छ।

Esewa
Crest

यसैगरी गत माघमा ग्रोथ फन्डको १०.९६ रुपैयाँ न्याभ रहेकोमा फागुनमा घटेर १०.९४ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने बढेर फागुनमा ५७ करोड ६६ लाख रुपैयाँ पुगेको छ। माघमा कुल लगानी ५६ करोड ९५ लाख रुपैयाँ थियो। गत माघमा ४ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले फागुनमा पनि ४ करोड ५१ लाख रुपैयाँ कमाएको छ।

गत माघमा लार्ज क्याप फन्डको ९.९२ रुपैयाँ न्याभ रहेकोमा फागुनमा बढेर ९.९७ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने घटेर फागुनमा १ अर्ब ६ करोड ३२ रुपैयाँमा खुम्चिएको छ। माघमा कुल लगानी १ अर्ब ८ करोड ५४ लाख रुपैयाँ थियो। गत माघमा १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले फागुनमा भने २ करोड २७ लाख रुपैयाँमात्र कमाउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS