IME Life
Beema Board

फागुनमा सानिमा म्युचुअल फन्डका तीन योजनाको वित्तीय प्रदर्शन कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको फागुन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, सानिमा ग्रोथ फन्ड र सानिमा लार्ज क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो।

फागुनमा इक्विटी फन्डको न्याभ बढेर ११.२५ रुपैयाँ पुगेको छ। माघमा न्याभ ११.१८ रुपैयाँ थियो। यो योजनाको कुल लगानी भने घटेर फागुनमा १ अर्ब ३३ करोड ५० लाख रुपैयाँमा खुम्चिएको छ। माघमा कुल लगानी १ अर्ब ३३ करोड ९६ लाख रुपैयाँ थियो। गत माघमा १ करोड ४२ लाख रुपैयाँ घाटा व्यहोरेकोमा फागुनमा पनि ५१ लाख ६९ हजार रुपैयाँ घाटा भएको छ।

Prabhu
Crest

यसैगरी गत माघमा ग्रोथ फन्डको १०.९६ रुपैयाँ न्याभ रहेकोमा फागुनमा घटेर १०.९४ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने बढेर फागुनमा ५७ करोड ६६ लाख रुपैयाँ पुगेको छ। माघमा कुल लगानी ५६ करोड ९५ लाख रुपैयाँ थियो। गत माघमा ४ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले फागुनमा पनि ४ करोड ५१ लाख रुपैयाँ कमाएको छ।

गत माघमा लार्ज क्याप फन्डको ९.९२ रुपैयाँ न्याभ रहेकोमा फागुनमा बढेर ९.९७ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने घटेर फागुनमा १ अर्ब ६ करोड ३२ रुपैयाँमा खुम्चिएको छ। माघमा कुल लगानी १ अर्ब ८ करोड ५४ लाख रुपैयाँ थियो। गत माघमा १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले फागुनमा भने २ करोड २७ लाख रुपैयाँमात्र कमाउन सफल भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS