IME Life New

बैंकिङ प्रणालीमा थुप्रिँदै पैसा, सीडी रेसियो ८०% भन्दा तल, अन्तरबैंक ब्याजदर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्जा प्रवाहले गति लिन नसक्दा बैंकिङ प्रणालीमा पैसा थुप्रिँदै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले पनि बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गएको छ भने कर विस्तार पनि सुस्त रहेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चैत ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन चैत ५ गतेसम्म कुल निक्षेप ६१ खर्ब ८५ अर्ब रुपैयाँ थियो। यो १ दिनमा निक्षेप ३ अर्ब रुपैयाँले बढेको छ।

Esewa
Crest

वाणिज्य बैंकहरुको कुल निक्षेप पनि चैत ६ गते एकैदिन २ अर्ब रुपैयाँले बढेर ५४ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ७२ अर्ब रुपैयाँ थियो।

बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने चैत ६ गते १ अर्ब रुपैयाँ घटेर ५० खर्ब ८२ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५० खर्ब ८३ अर्ब रुपैयाँ थियो।

कर्जा प्रवाह घट्नु र निक्षेप बढ्दै जाँदा बैंकहरुको औसत सीडी रेसियो चैत ६ मा घटेर ७९.७३ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७९.७८ प्रतिशत थियो।

बैंकहरुको अन्तरबैंक दर पनि घटेर २.४० प्रतिशतमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS