IME Life New

नेरूडे मिर्मिरे लघुबित्तले सदस्यलाई दियो ११ लाख बीमा दाबी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्था लिमिटेडको शाखा कार्यालय हसुलियाले बीमा दाबी रकम एघार लाख २५ हजार २ सय ६३ रुपैयाँ सदस्यको परिवारलाइ भुक्तानी गरेको छ । शाखा कार्यालय हसुलियाको केन्द्र न ७८ पबेरा मिर्मिरे ब्यावसायिक समुहमा आबद्ध सदस्य शिशिर चौधरीको मृत्यु पश्चात कर्जाको म्यादी जीबन बीमा बापत मृतकको श्रीमती मोनिका चौधरीलाई बीमांक तथा क्रिया खर्च वापतको उक्त रकम भुक्तानी गरेको हो ।

संस्थाले मेट लाइफ इन्स्योरेन्स कम्पनीसँग सदस्यको जीबन बीमा सहकार्य गरेको थियो । उक्त दाबी रकम कैलारी गाउँपालिका वडा नं. ५ का अध्यक्ष बिष्णु चौधरीले चेक मार्फत हस्तान्तरण गरेको हो ।

Esewa
Crest

दाबी रकम हस्तान्तरण कार्यक्रममा बौनिया क्लष्टर प्रमुख मनोज कुमार ओली, सुदुर पश्चिम प्रदेशका कर्मचारीहरू आयोग घिमिरे, कर्जा असुली प्रमुख सुरत बहादुर सुनार, शाखा प्रमुख पुष्पराज कडायत, शाखाका कर्मचारीहरु गोपाल बहादुर कडायत, जानकी शाही, नरेश कुवँर तथा केन्द्र नं। ७८ का सदस्यहरु तथा स्थानीय भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS