IME Life New

सेन्ट्रल फाइनान्सको २७औं वार्षिक साधारण सभा चैत २३ गते हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्ट्रल फाइनान्सले आफ्नो २७औं वार्षिक साधारण सभा चैत २३ गते गर्ने भएको छ । सभा विहान १० बजेदेखि हुने जनाइएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालयमै आयोजना हुने जनाएको छ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल असार मसान्तको वासलात तथा मिति २०७९/०४/०१ देखि २०८०/ ०३ / ३१ सम्मको नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाहको विवरण पारित गर्नेछ ।

Esewa
Crest

सभाले लेखा समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने बारे, संस्थाको नियमावलीको नियम १९ (४) मा संशोधन गर्ने, संस्थाको नियमावलीको प्रस्तावित संशोधनमा नियमन निकायबाट कुनै निर्देशन वा सुझाव दिएमा सोही अनुरुप आवश्यक समायोजन गर्न संस्थाको सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गर्ने भएको छ ।

1710331789375

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS